
टुरिष्ट भिसामा आएकालाई मासिक १० लाख रुपैयाँ पारिश्रमिक
सोमवार , भाद्र २९, २०७७
रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १३ मा रहेको टाईगर प्यालेस रिर्सोट (टाईगर वान प्राली) को अर्को वदमासी फेला परेको छ ।
विगत १ वर्ष देखि टाईगर वान प्रालीको क्यासिनोमा जनरल म्यानेजरको पदमा रहेर काम गर्दै आएका अस्ट्रेलियन नागरिक केविन जोन उईलरोक्सलाई नेपालको कानुन विपरित कामलाई लगाईएको छ । वर्क परमिट भिसा नलिई आएका उनलाई काममा लगाईएको तथ्य फेला परेको हो ।
केही दिन अगाडि झण्डै ४ सय स्थानिय नेपाली कर्मचारी तथा कामदारलाई ईमेलबाट पत्र पठाएर कामबाट निकालेको रिर्सोटले बिदेशी नागरिकलाई वर्क परमिट बिना नै काममा लगाएर राजश्व छली गर्दै आएको बुझिएको छ । उनले रिर्सोटबाट मासिक १० लाख रुपैयाँ पारिश्रमिक लिदै आएका छन् ।
टाईगर रिर्सोटको बिबाद बाहिर आएपछि त्यसको छानविनका लागि आवाज उठ्न थालेको छ । नेपाल पर्यटन तथा होटल सम्वद्ध श्रमिक संघ प्रतिष्ठान स्तरको ट्रेड युनियन, एस एच एल म्योनजमेन्ट सर्भिसेस (केटिएम) प्राली आधिकारिक युनियन उपकमिटि भैरहवाले जिल्ला प्रशासान कार्यालय रुपन्देही, जिल्ला प्रहरी कार्यालय रुपन्देही, अध्यागन कार्यालय भैरहवा रुपन्देही, श्रम कार्यालय बुटवल र तिलोत्तमा नगरपालिकाको कार्यालय मणिग्रमा रुपन्देहीमा आवश्यक छानविनको माग गर्दै निवेदन पेश गरेको सयुक्त संघर्ष समितिका संयोजक चित्र भण्डारीले जानकारी दिए ।
समितिले सोमबार रिर्सोट अगाडीको गेटमा कामबाट निकालिएका कर्मचारी तथा कामदारलाई पुर्न वहाली गर, हामीलाई न्याय चाहिया, भित्र रहेका नेपाली कामदारलाई वाहिर निकाल जस्ता नारावाजी गर्दै धर्ना समेत दिएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij