
बुधवार , भाद्र १६, २०७८
भैरहवा, १६ भदौ ।
रुपन्देहीमा लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ६ बेथरीका ३० वर्षिय अनुप कहार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी नायव निरीक्षक विरबल कुमालको टोलीले सियारी गाउँपालिका–२ मा कहारले चलाएको लु ३३ प ३४७७ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनको साथबाट अवैध लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।
कहारले लगाएको हाफ पाइन्टको दांया खल्तीमा नाईट्राभेट १० लेखेको १ पत्ता, मोटरसाइकलको टुलबक्सभित्र लुकाईछिपाई राखेको अवस्थामा नाईट्राभेट १० लेखेको ६ पत्ता, सोही टुलवक्समा वनरेक्स १ सय एम.एल.को झोलसहितको सिलप्याक ४ बोत्तल फेला पारिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए । कहारलाई नियन्त्रणमा लिइ रुपन्देही जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको डीएसपी थापाले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij