२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

पाल्हीनन्दनका बाढीप्रभावित परिवारलाई राहत वितरण

बुधवार , भाद्र १६, २०७८

परासी, १६ भदौ । नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका बाढी प्रभावित घरपरिवारलाई राहत वितरण गरिएको छ । पालिकाको वडा ६ का अतिबाढी प्रभावित परिवारहरुलाई राहत स्वरुप खाद्यान्न एवं त्रिपाल वितरण गरिएको हो । युनाईटेड मिशन टु नेपालको आर्थिक सहयोग तथा सुनवल सामुदायिक विकास केन्द्रको आयोजना र पाल्हीनन्दन गाउँपालिकाको समन्वयमा वडा ६ रजगर र सनईका गरि कुल १०७ अति प्रभावित घरपरिवारहरुलाई उक्त राहत वितरण गरिएका हो । 

राहत वितरण कार्यक्रम सुनवलन सामुदायिक विकास केन्द्रकि अध्यक्ष सपना अधिकारी थापाक्षेत्रीको अध्यक्षता तथा पाल्हीन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताको प्रमुख आतिथ्यता र गाउँपालिका उपाध्यक्ष पावित्रा कोहारको विशिष्ट आतिथ्यतामा उक्त राहत वितरण गरिएको हो । 

राहत वितरणमा प्रति पिडित घरधुरीलाई चामल २५ किलो, दाल ३ किलो, चिनी २ किलो, तेल २ लिटर, नुन २ प्याकेट, सोयाबिन १ किलो, आलु ५ किलो, प्याज ३ किलो, चना ३ किलो, बेसार २ सयग्राम, साबुन ४ पिस, त्रिपाल १ थान रहेको सुनवल सामुदायिक विकास केन्द्रकि अध्यक्ष सपना अधिकारीले जानकारी दिए । 

बाढी प्रभावित परिवारलाई राहत वितरण गर्दै गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले बाढीबाट पिडित भएको परिवारलाई यस्तो विपदका बेला आवश्यक भरपुरसहयोग र यस समस्याको दिर्घकालिन सामाधान गर्ने बताए । त्यस्तै गाउँपालिका उपाध्यक्ष पावित्री कोहोरले राहत वितरण गर्दै यस क्षेत्रको बाढी लगायतका समस्या सामाधान गर्न पालिका लागी पर्ने बताए । 

राहत वितरण कार्यक्रममा एससी डिसीकि अध्यक्ष अधिकारीले सोमबार यसपालिकाको वडा १ शंकरपुरमा २०६ र आज बुधबार वडा ६ रजगरगंज र सनईका गरि १०७ गरि कुल ३१३ बाढी प्रभावित घरपरिवारलाई राहत वितरण गरिएको जानकारी दिए । उनले अरु वडा तथा अरु क्षेत्रका बाढी प्रभावितहरुलाई पनि संस्था मार्फत राहत वितरण गर्ने र आगामी दिनमा पनि यस्तो सामाजिक कार्यमा संस्था क्रियाशिल भएर लाग्ने बताए । यो संस्था गाउँपालिकामा लैङ्गिक सामानता परियोजन र जिविकोपाजर्न परियोजना अन्तर्गत निकै सामाजिक काम गर्दै आएको छ ।  

राहत बितरण कार्यक्रममा वडा ६ का अध्यक्ष कृष्णचन्द्र यादव, सुनवल सामुदायिक विकास केन्द्रको लैङ्गिक समानता परियोजना संयोजक राधा सापकोटा, युनाईटेड मिशन टु नेपालको परियोजना व्यवस्थापक तेज गैरे, दुबै संस्थाका विभिन्न कर्मचारी लगाएत पत्रकार ,सुरक्षाकर्मीहरुको सहभागीता रहेको थियो ।

पिडित परिवारले राहत पाएपछि निकै खुसि ब्यक्त गर्दै पाएको राहतबाट केही दिन छाँक टार्न सहज भएको बताए । जिल्लाका अति बाढी प्रभावित घरपरिवारहरु राहत पाउन थालेका छन् । राहत वितरणमा जिल्लामा कार्यरत संघसंस्था तथा बैँक वित्तिय संस्थाहरुले सक्रियता बढाएका छन् । रासस