२०८३, बैशाख २३ गते

May 06 2026 | २०८३, बैशाख २३ गते

कोरोना कहरबीच सम्बादका किशोर किशोरीहरुले मनाए बालदिवस 

मंगलवार , भाद्र ३०, २०७७

  • 4.4K
    Shares
  • 4.4K
    Shares
  • भैरहवा । कोरोना भाइरसले देशलाई नै अक्रान्त पारिरहेका  बेला नवलपरासीका बालबालिकाले बिभिन्न कार्यक्रम गरेर बाल दिवस मनाएका छन् ।

    बर्षे खेतीको रुपमै भएपनि बालबालिकाहरुले प्रत्येक बर्ष मनाउदै आईरहेको बालदिवसलाई यस बर्ष नेपालका धेरै बालबालिकाले मनाउन नपाईरहेका बेला नवलपरासीको सरावल गाँउपालिकाका सम्बाद किशोर किशोरी संजालका सदस्यहरुले सरकारद्वारा जारी गरिएको सुरक्षाको मापदण्ड पालना गरी बाल दिवस मनाएको संजालका सदस्य सन्दीप बिकले जनाए ।  

    उनीहरुले गाँउपालिका भित्र सानो सानो समूह बनाएर आफ्ना गाँउका भाई बहिनिहरुलाई समेटी जेरी खाने प्रतियोगिता, चित्रकला, बादबिबाद,  हाजिरी जवाफ, बाल दौड जस्ता प्रतियोगिता गरेर दिवस मनाएका छन् । 
    उनीहरुको बिशेष दिन भदौ २९ गते गाँउपालिकाको भवनमा बालअधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गरेका छन् । ३० जना सम्बाद किशोर किशोरी संजालका सदस्यहरुलाई उनीहरुको कार्यको प्रसंसा गर्दै सरावल गाउपालिकाले ३० थान ट्रयाकसुट वितरण गरिएको सरावल गाउ पालिकाका प्रशासकीय अधिकृत बुद्ध प्रकास पोडेलले बताए । उनले आगामी दिनमा पनि संजालसंग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्ता जनाए । 

    अन्तरक्रिया कार्यकमका प्रमुख अतिथि सरावल गाउपालिकाका अध्यक्ष राधेश्याम चौधरीले उनीहरुले गरिरहेका कार्यहरुको प्रसंसा गर्दै स्ट्रोम फाउन्डेसन नेपालको आर्थिक सहयोगमा गाँउपालिका र एबिसी नेपालद्वारा संचालित सम्बाद कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पारेको बताए । उनले कार्यक्रमको प्रभाबका कारण गाँउपालिकाका किशोर किशोरीहरुमा समुदायका लागि हामीले केहि गर्नुपर्छ भन्ने भावनाको बिकास हुदै गईरहेको बताए । 

    गाँउपालिकाकी उपाध्यक्ष उत्तमा रायले संवाद किशोरकिशोरी संजालका सदस्यहरुले स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णपालना गर्दै बाल दिवसमा बिभिन्न कार्यक्रम गरेको बताईन । उनले समाज रूपान्तरणका लागि सम्बाद किशोर किशोरीले थुपै्र राम्रा कार्य गरेको बताईन ।