
बुधवार , भाद्र १६, २०७८
भैरहवा, १६ भदौ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका, बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकामा सञ्चालित ‘सम्मान परियोजना’ले आज छलफल तथा समिक्षा कार्यक्रम गरेको छ । माइती नेपाल भैरहवाले अमेरिकाको अन्तर्राष्ट्रिय सहयोग नियोग युएसएआइडीमार्फत तथा बेलायती अन्तर्राष्ट्रिय सहायता नियोग अन्तर्गत बेलायती जनताको सहयोगबाट सम्मान परियोजना अन्तर्गत मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि कार्यक्रम गरेको हो । परियोजनाले अहिलेसम्म भए गरेका कामको समिक्षा गरेको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल, प्रहरी उपरिक्षक मनोज कुमार केसी, सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण का राजेश उप्रेती ,सिद्धार्थनगर नगरपालिका शाखा अधिकृत जान्वी पाण्डे, जिल्ला समन्वय समितिका नायब सुब्बा दुर्गा लाल घिमिरे, सम्मान परियोजनाका फिल्ड कोओर्डिनेटर लालबाबु कुशवाहा, जिल्ला प्रशासन कार्यालयका नासु जिना कुमारी श्रेष्ठ, सुशीला लामिछाने, माइती नेपालका सनोज चौधरी, नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यसमिति सदस्य शंकर पाण्डे लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको बारेमा माइती नेपाल भैरहवाका कार्यक्रम संयोजक माया क्षेत्रीले सहजीकरण गरेकी थिइन् । बैठकले यही भदौ २० गते परेको १५ औं अन्तर्राष्ट्रिय मानव बेचविखनविरुद्धको दिवस स्वास्थ्य मापदण्ड पालना गरेर मनाउने निर्णय गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij