२०८२, कार्तिक १७ गते

Nov 03 2025 | २०८२, कार्तिक १७ गते

अर्घाखाँचीमा रुखबाट खसेर एक महिलाको मृत्यु 

बुधवार , भाद्र ३१, २०७७

  • 4.6K
    Shares
  • 4.6K
    Shares
  • अर्घाखाँची । अर्घाखाँचीमा रुखबाट खसेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको शितगंगा नगरपालिका वडा नं ९ सिद्धाराकी ७१ बर्षिय हेमकला बिकको रुखबाट खसेर मृत्युु भएको हो । 

    मंगलबार साझ घर नजिकै खरवारीमा डालेघाँस काट्न चढेकी महिला रूखबाट खसेर गम्भीर घाईते भएकी थिईन् । उपचारको लागि समयमै अस्पताल पु¥याउन नसक्दा उनको अकालमा मृत्यु भएको विकका परिवारले जनाएको छ । 

    ग्रामिण भेग हुनुका साथै समयमा गाडी नचलेका कारण ढिलो गरी उपचारको लागि बुधबार बुटवल लैजादै गर्दा बाटोमै मृत्यु भएको अर्घाखाँचीको सिद्दारा प्रहरीले जनाएको छ ।