
बुधवार , भाद्र ३१, २०७७
भैरहवा । जेसिआई सिद्धार्थ नेपालले भैरहवाका बिभिन्न चार स्थानमा हात धुने पानी ट्याङकी स्थापना गरी सिद्धार्थनगर नगरपालिकालाइ हस्तान्त्रण गरेको छ ।
बिश्वमै महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमणबाट जोगिन सहयोग पुगोस भनेर भैरहवाका मुख्य चार स्थानमा वेसिन सहितको हात धुने पानी ट्याङकी स्थापना गरेको अध्यक्ष मंगल भण्डारीले जानकारी दिए । सिद्धार्थनगरको वेलहियामा १, बुद्धचोकमा २ र अंचलपुरमा एकवटा गरी चार बटा ट्याङकी स्थापना गरी बुधबार सिद्धार्थनगर नगरपालिकालाई हस्तान्त्रण गरिएको छ ।
वेलहियामा स्थापना गरिएको ट्याङकिको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख (एस.पी) प्रबिण पोखरेलले उद्घाटन गरे । त्यस्तै बुद्धचोकको ट्याङकीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले उद्घाटन गरे भने अंचलपुरमा रहेको ट्याङकीको नेपाली काग्रेसका क्षेत्रिय सभापति मातृका यादवले उद्घाटन गरेका छन् ।
सिद्धार्थनगर नगरपालिकाको सहकार्यमा निर्माण गरिएको ट्याङकीको निर्माणका लागि जेसिजले एक लाख रुपैया लगानी गरिएको कार्यक्रम संयोजक पंकज उदासले जानकारी दिए ।
कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारी, काग्रेस क्षेत्रिय सभापति यादव, प्रहरी प्रमुख पोखरेल तथा जेसिजका पुर्व अध्यक्षहरु राकेश गुरुङ, सुमन शर्मा, लेखनाथ भट्टराई, जेसिआई सिद्धार्थ लेडिजकी पुर्व अध्यक्ष रचना क्षेत्री, पार्वती पौडेल, जेसिज महासचिव दिपक काफ्ले, कोषाध्यक्ष दिपक सापकोटा, जनसम्पर्क अधिकारी माधव शर्मा लगाएतले बोल्दै कोरोनाबाट जोगिनका लागि सावुन पानीले हात धुनु पर्ने भएकाले यसले ठुलो काम गर्ने बताए । हात धुदा लाग्ने सावुन पानीको व्यवस्था नगरपालिकाले गर्ने छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij