
बिहिवार , भाद्र १७, २०७८
बुटवल । दाङको सिस्ने खोलामा आएको भेल बाढीले गाडी बगाउँदा ४ जनाले ज्यानगुमाएका छन् । सिस्ने खोलामा पक्कीपुल बनाउन थालेको ४ वर्ष भन्दा बढी भयो । तर,अहिले सम्म पुल सञ्चालनमा आउन सकेको छैन् । ठेकेदार, सडक डिभिजन कार्यालयको लापरबाहीका कारण समयमा पुल नबन्दा पटक पटक गाडी दुर्घटना भइ अकालमा ज्यान गुमाउँदै आएका छन् ।
लमही, घोराही सडक खण्डको घोराही उपमहानगरपालिका वडा नम्वर ४ सिस्ने खोलामा आएको भेलबाढीले गए राती कार बगाउदा एकै घरकादुई दिदीबहिनी सहित ४ जनाको मृत्यु भएको छ । घटनामा परि घोराही उपमहानगरपालिका वडा नम्वर १३ का सुशीलाश्रेष्ठ सोही ठाउँका रितामायाँ पुन, त्यस्तै घोराही १४ का राधाश्रेष्ठ र विमला केसीको मृत्यु भएको हो । कार चालक घोराही उपमहानगरपालिका १५ का नरबहादुर पुन घाइते भएका छन् । यो खोलामा सडक डिभिजन कार्यालय दाङले पक्की पुलबनाउनको लागि साढे ४ वर्ष अघि, १८ महिनामा काम सक्ने गरी साढे सात करोडको ठेक्का एडभेन्चर जेभीलाई दिइएको थियो । १८ महिनामा सक्ने भनिएको काम ४ वर्ष सम्ममा ९० प्रतिशत सकिएको छ । ठेकेदारको लापरबाहीका कारण १० प्रतिशत काम हुन नसक्दा दुर्घटना भइ मानविय क्षति भएको छ । पछिल्लो पटक कोरोनाको कारण देखाएर फेरी ६ महिना काम गर्ने म्याद थपिएको छ । पटक पटकको म्याद थप गरी काम समयमा सम्पन्न गर्न नसक्दा बाढि बस्तिमा पस्ने खतरा त छदै छ संगै खोला वार पार गर्न समेत सकस भएको छ ।
त्यस्तै, घोराही,तुलसीपुर सडक खण्डको पत्रे खोलामा पनि पक्की पुल बनाउनको लागि ६ वर्षअघि १७ महिनामा काम सक्ने गरी, साढे तिन करोडको ठेक्का,शंकर मालि निर्माण कम्पनीलाई दिइएको थियो ।पुलनिर्माणको काम ९५ प्रतिशत सकिएको छ । बाँकी ५प्रतिशत काम पुरा हुन नसक्दा यातायातका साधनखोलाबाट आउजाउगर्दै आएका छन् । निर्माण व्यवसायी र सडक डिभिजन कार्यालयको लापरबाहीको कारणले सयममा पुल निर्माणको काम हुन नसक्दा यस अघि पनि दाङका खोलाहरुमा पटक पटक सवारी दुर्घटना भइ मानविय क्षति भइरहेको छ । यसमा जिल्ला प्रशासन कार्यालयले पनि कार्वाहि गर्ने बताएको छ ।
सयममा पुलनिर्माणको काम नसक्ने ठेकेदारलाई पक्राउ गर्नको लागि स्थानीय प्रशासनले प्रहरीलाई चिठ्ठी काटेको छ । सयममा काम नसक्ने ठेकेदारलाई सडक डिभिजन र स्थानीय प्रशासनले कुनै कारवाही गर्न सकेको छैन् । ठेकेदारले समेत टेर्न छोडेपछि प्रशासन पनि मुक दर्शक जस्तै बनेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij