२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

सरकार दार्चुला घटना थामथुम पार्ने प्रयासमा लाग्यो : एमाले 

बिहिवार , भाद्र १७, २०७८

काठमाडौं, १७ भदौ ।
नेकपा (एमाले) ले जयसिंह धामी बेपत्ता भएको तुइन घटनाका सम्बन्धमा बुझाइएको प्रतिवेदन अस्पष्ट रहेकाले सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ । 

एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आज विज्ञप्ति जारी गर्दै घटनाका सम्बन्धमा प्रतिवेदन बुझाइएकोले त्यससम्बन्धी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका हुन् । उनले दोषीलाई कारवाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग समेत गरे । धामीका सम्बन्धमा गृह मन्त्रालयका सह–सचिव जनार्दन गौतमको संयोजत्वमा गठित छानविन समितिले यही १५ भदौमा गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको थियो । रासस