
शुक्रवार , भाद्र १८, २०७८
दाङ । दाङमा करेन्ट लागेर एक जनाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१० पड्डाका ५२ वर्षीय सुरेश डाँगी रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
उनले घरका कोठामा बत्ती बाल्ने क्रमममा डाँगीलाई करेन्ट लागेको र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको बताए। रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij