२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

हुन्डाई ग्राण्ड आई टेन नियोस अब नेपालमा

शुक्रवार , आश्विन २, २०७७

भैरहवा । नेपालको लागि हुन्डाई गाडीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नयाँ उत्पादन हुन्डाई ग्राण्ड आई टेन नियोसलाई डिजिटल समारोहद्वारा सार्वजनिक गरेको छ ।

हुन्डाई ग्रान्ड आई टेन धेरै वर्षदेखि बजारमा सबै भन्दा मनपर्ने र प्रशंसा गरिएको कार मध्ये एक भएको कम्पनीले दावी गरेको छ । कम्पनीले यसको विरासतलाई अगाडि बढाउन, हुन्डार्ईले स्टाइलिश र थप विशेषताहरु भएको ग्रान्ड आई टेन नियोस बजारमा ल्याएको जनाएको छ ।

हुन्डाई ग्राण्ड आई टेन नियोस कापा डुयल भिटिभिटि प्रबिधिमा आधारित १ दशमलव २ लिटर पेट्रोल इन्जिनमा उपलव्ध छ । उत्कृष्ट प्रदर्शनका लागि ८३ ps/६००० rpm चऊ सर्वाधिक पावर दुबै म्यानुअल तथा स्वचालित ट्रन्समिसन विकल्पहरुमा पाउन सकिने कम्पनीले जनाएको छ । ग्राण्ड आई टेन नियोसले पाईभ स्पीड म्यानुअल र स्मार्ट अटो एटिएम दुबै किसिमको ट्रान्समिसनमा उपलब्ध छ ।

हुन्डाई ग्राण्ड आई टेन नियोसमा Glossy Black Radiator Grille, Boomerang आकारको एलईडी डीआरएल, स्टाइलिस टेल लैम्प, शार्क फिन एन्टेना र गन मेटल फिनिसका साथमा आकर्षक १४ inch alloy पाउन सकिन्छ । सडकमा फरक उपस्थितिको लागि हुन्डाई ग्राण्ड आई टेन नियोस पोलार ह्वाइट, टाइफुन सिल्भर, टाइटान ग्रे, फियरी रेड र आकुवा टिल जस्ता रंगहरुमा उपलब्ध छ ।

ग्राण्ड आई टेन नियोस यात्राकालागि एक उत्तम सवारी साधन मात्र नभई स्मार्ट साधन पनि भएको कम्पनीको दावि छ । एप्पल कारप्ले, एन्ड्रोइड अटो र best-in-segment  टच स्क्रिन इन्फोटिनमेन्ट सिस्टम (२०।२५सि।एम।) का साथै रियर एसी भेन्ट जस्ता सुविधाले युक्त ग्राण्ड आई टेन नियोसले आरामदायी यात्रा सुनिश्चित गर्ने कम्पनीले बताएको छ ।

हुन्डाई ग्राण्ड आई टेन नियोसले नेपाली बजारमा आफ्नो छुटै पहिचान कायम गरी सफलतापूर्वक ग्राहकहरुको मन जित्नेमा कम्पनी विश्वस्त रहेको प्रेस विज्ञप्ती मार्फत जनाइएको छ । यो गाडीको सुरुवाती मूल्यरु ३० लाख ९६ हजार कायम गरिएको छ ।

लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा. लि. ले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवाप्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटो मोवाईल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरी करोडांै ग्राहकहरुको मन तथा विस्वास जित्न सफल भएको छ ।