२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

अर्घाखाँचीमा हाईस दुर्घटना, एकजनाको मृत्यु १० घाइते

शनिवार , भाद्र १९, २०७८

अर्घाखाँची, १९ भदौ ।
अर्घाखाँचीको शितगंगा नगरपालिकाको ठाडामा भएको हाईस दुर्घटना परि एकजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । काठमाण्डौबाट अर्घाखाँची आउदै गरेको लु ३ ख ८६३९ नम्वरको हाईस आज सितगंगा नगरपालिका वडा नम्बर ३ मा सडकदेखि करिव ४०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

११ जना सवार रहेको हाईसमा दुर्घटनामा परि जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुराका सन्जय विकको उपचारको क्रममा ठाडा प्राथामिक स्वास्थ्य चौकीमा मृत्यु भएको छ । अन्य १० जना घाइते भएका हुन १० जना मध्ये प्राथमिक स्वास्थ्य चौकी ठाडाले ३ जना गम्भिर घाइतेसहित ७ जनालाई थप उपचारको लागि बुटवल रिफर गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए ।

सामान्य घाइते चालक सुदन रायमाझीको प्राथमिक स्वास्थ्य चौकी ठाडामा उपचार भइरहेको छ भने सहचालक धारापानीका टेकराज बन्जाडेको र अन्य १ जनाका अर्घाखाँची अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।