२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

नेपाल बाल संगठन रुपन्देहीद्वारा विभिन्न प्रतियोगिता सम्पन्न

शनिवार , भाद्र १९, २०७८

बुटवल, १९ भदौ । 
राष्ट्रिय बाल दिवस–२०७८ को अवसरमा नेपाल बाल संगठन रुपन्देहीले चित्रकला, बाल गित र बाल कविता प्रतियोगिता सम्पन्न गरेको छ । बुटवलको कालिका मानवज्ञान विद्यालयमा सम्पन्न भएको उक्त प्रतियोगितामा रुपन्देहीका २२ विद्यालयको सहभागिता रहेको थियो ।

बाल संगठनले चित्रकला र बालगित प्रतियोगितालाई कक्षा १ देखि ६ सम्मको समुह–क र कक्षा ७ देखि १० सम्मलाई समुह–ख गरी दुई समुहमा विभाजन गरी सञ्चालन गरेको थियो भने कविता प्रतियोगितामा कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुको एउटा मात्रै समुह बनाएर सञ्चालन गरेको थियो ।

चित्रकला प्रतियोगितामा समुह (क) बाट एभरेष्ट बोर्डिङ्ग स्कुलमा कक्षा ५ मा अध्ययनरत छात्र इभान्जल थापा प्रथम भएका थिए । त्यस्तै दिप बोर्डिङ्ग स्कुलमा कक्षा ६ मा अध्ययनरत सम्राट श्रेष्ठ द्धितीय र देवदह बोर्डिङ्ग स्कुलमा कक्षा ६ मा पढ्ने एलिना श्रेष्ठ तृतीय भएकी थिइन । त्यस्तै सोही प्रतियोगिताको समुह–ख बाट दिप बोर्डिङ्गका कक्षा ९ मा अध्ययनरत कृष राना प्रथम, आवर पिस ल्याण्ड स्कुल कक्षा १० मा अध्ययनरत शुशिल थापा द्धितीय र कालिका मानव ज्ञान स्कुल कक्षा ९ का राजन न्यौपाने तृतीय भएका छन् ।

त्यस्तै बालगित प्रतियोगिता समुह (क) बाट एभरेष्ट स्कुल कक्षा ६ मा अध्ययनरत कलश भट्टराई प्रथम, केरवानी मावि कक्षा ६ मा अध्ययनरत मनिषा भुसाल द्धितीय र न्यु लुम्बिनी बोर्डिङ्ग स्कुल कक्षा ५ मा अध्ययनरत खुशी घर्ती मगर तृतीय भएका छन् । 

सोही प्रतियोगिताको समुह ख बाट न्यु लुम्बिनी बोर्डिङ्ग स्कुल कक्षा १० मा अध्ययनरत रेनुका सुनार प्रथम, दिप बोर्डिङ्ग कक्षा १० मा अध्ययनरत सुजिता सुवेदी द्धितीय र एभरेष्ट बोर्डिङ स्कुल कक्षा १० का सौमन्य मोक्तान तृतीय भएका छन् ।

त्यसै गरी कविता प्रतियोगितामा कालिका मानवज्ञान स्कुल कक्षा ८ मा अध्ययनरत विवेक खराल प्रथम, केरवानी मावि कक्षा १० का सुदिप ढकाल द्धितीय, सगरमाथा मावि कक्षा ९ की ओजस्वी न्यौपाने तृतीय भएकी छन । उक्त प्रतियोगितामा देवदह बोर्डिङ्ग स्कुल कक्षा १० मा अध्ययनरत  कृष्टिना थापा र लुम्बिनी बोर्डिङ्ग स्कुल कक्षा ९ मा अध्ययनरत  समिर घिमिरे सान्त्वना भएका छन् ।

चित्रकला प्रतियोगितामा नेपाल व्यवसायिक कलाकार संघ रुपन्देहीका अध्यक्ष बेनप्रसाद थापा र सोही संघका सल्लाहकार एच.बी. रम्तेलले निर्णायकको भुमिका निर्वाह गरेका थिए । त्यस्तै बालगिततर्फ राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान लुम्बिनीका उपाध्यक्ष नारायणबहादुर थापा, छमछमी कला केन्द्रका सञ्चालक किशोर थापा र गायक तथा संगितकार टिकाराम गौतमले निर्णायकको भूमिका निर्वाह गरेका थिए । त्यसरी नै कविता प्रतियोगितामा बुटवल साहित्य कला संस्कृति प्रतिष्ठानका सचिव दल बहादुर गुरुङ, लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीका सचिव कृष्ण गाउँले, साहित्य संगम बुटवलकी गितारानी बलालले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

240396132_3048665938738497_2457465130641081727_n.jpg

बाल संगठनद्धारा आयोजित कविता तथा बाल गित प्रतियोगितामा बाध्यबादकको रुपमा कलाकारहरु विजय सापकोटा, रमेश कौशल, रमेश रेश्मी मगर र सेजन बयम्बु मगर रहेका थिए ।

सबै प्रतियोगिताको सञ्चालन सञ्चारकर्मी कृष्ण पाण्डेले गरेका थिए भने प्रतियोगितामा कालिका मानवज्ञान क्याम्पसमा रहेको कानुन विद्यार्थी समाजका अध्यक्ष सन्दिप पौडेल क्षेत्री लगायतको समुहले स्वयंसेवकीय भूमिका निर्वाह गरेको थियो ।

नेपाल बाल संगठन जिल्ला कार्यसमिति रुपन्देहीका सभापति साजन भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संगठनका केन्द्रिय अध्यक्ष विद्या न्यौपानेले भर्चुअल माध्यमबाट शुभकामना मन्तव्य राखेकी थिइन् । कार्यसमिति उपसभापति अन्जु श्रेष्ठको स्वागत मन्तव्य र सचिव कल्पना पाण्डे मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतियोगितामा सहभागी भई उत्कृष्ट छात्रछात्रालाई राष्ट्रिय बाल दिवसको अवसरमा भाद्र २९ गते पुरस्कार वितरण गरिने तथा सोही दिन बुटवल र भैरहवा बाल मन्दिरमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको बाल संगठन रुपन्देहीका सभापति साजन भण्डारीले बताए ।

241181576_277028837247551_4647061058966819703_n.jpg