२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

रोटरी इन्फर्मेशनबारे छलफल

शनिवार , भाद्र १९, २०७८

बुटवल, १९ भदौ । 
रोटरी क्लब अफ बुटवल बर्ष २०२१/२२ को दशौं र क्लवको १३८० औ नियमित बैठक शनिबार सम्पन्न भएको छ ।

क्लबका अध्यक्ष  प्रा.डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा भर्चुअल रुपमा बसेको बैठकको एजेण्डा रोटरी इन्फर्मेशन रहेको थियो । बैठकमा रोटरी इन्फर्मेशनबारे जानकारी दिंदै रोटरी क्लव अफ पाटन साउथका पूर्व अध्यक्ष दिनेश मानन्धरले रोटरीमा  आपसी भाइचाराको सम्बन्ध स्थापित नगरीकन सेवा गर्न नसकिने बताए ।

रोटरी विशुद्ध सामाजिक संस्था रहेको र यसमा आबद्ध रोटरीयनहरुले आफू र आफ्नो परिवार भन्दा माथि उठेर सेवा गर्नुपर्नेमा उनले जोड दिए । जसले सेवा गर्न सक्छ, उसले नै रोटरीबाट फाइदा लिन सक्ने पनि मानन्धरले बताए ।

त्यस अवसरमा रोटरीयनहरु मणिरत्न पाण्डे, पुरन श्रेष्ठ लगायतले रोटरी सम्बन्धी विभिन्न जिज्ञासा तथा सुझाव राखेका थिए । बैठकमा क्लबका सचिव खिमनारायण पराजुलीले अघिल्लो बैठकले गरेका निर्णयहरुबारे जानकारी गराएका थिए ।  त्यस्तै बैठकमा रोटरीयन वासुदेव अर्याल, क्लवका पूर्व अध्यक्ष  हुतानन्द खनाल लगायतले पनि आफ्नो धारणा राखेका थिए ।