
आइतवार , भाद्र २०, २०७८
भैरहवा, २० भदौ ।
मानव बेचविखन तथा ओसारपसारविरुद्धको १५ औं राष्ट्यि दिवसको अवसरमा माइती नेपाल भैरहवाले शनिबार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ मा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
गल्लामण्डीस्थित पशुपति शिक्षा निकेतनमा भएको कार्यक्रममा ३० जना महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा माइती नेपालका कार्यक्रम संयोजक माया क्षेत्रीले प्रस्तुतीकरण गरेकी थिइन् । मानव बेचविखन भनेको के हो, कसरी बेचबिखनमा परिन्छ, कस्ता मान्छेसंग जोगिनुपर्छ, कानुनी व्यवस्था के छ जस्ता विभिन्न कुरामा उनले प्रस्तुतीकरण गरेका थिए । फिल्ड संयोजक सनोज चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij