२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

रोटरी क्लब अफ मेट्रोसिटी बुटवलद्वारा खाद्यान्न सामग्री वितरण 

सोमवार , भाद्र २१, २०७८

बुटवल, २१ भदौ ।

रोटरी क्लब अफ मेट्रोसिटी बुटवलले ज्योतिनगर तथा लक्ष्मीनगर क्षेत्रमाथि पर्ने चुरे पहाडबाट पहिरो खसेर क्षतिग्रस्त भएका अतिविपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ । क्लबका अध्यक्ष मञ्जु पोख्रेल पराजुलीको अध्यक्षता, रोटरी इन्टरनेशनल ३२९२ नेपाल भुटानका एसिस्टेन्ट गभर्नर डा. नारायणप्रसाद पन्थको प्रमुख आतिथ्यतामा सामग्री वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै डा. पन्थले दुःखको बेलामा रोटरी जनताको साथमा रहेको भन्दै यो राहत सामग्रीले अतिप्रभावित परिवारका निम्ति राहत पुर्याउने प्रतिवद्धचा व्यक्त गरे । उनले यस क्षेत्र जोखिमपूर्ण अवस्थामा रहेकाले यसको सम्बन्धमा राज्यले योजना बनाई स्थानान्तरण गर्ने वातावरण निर्माण गर्नुपर्ने कुरामा जोड दिए ।

बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. खिमानन्द न्यौपानेले यो क्षेत्रमा बेलाबेलामा यस्ता खालका प्राकृतिक प्रकोप आइरहेको तथ्य प्रस्तुत गर्दै सजग र सचेत रहन आग्रह गरे । क्लबका जीएसआररो दुर्गादत्त ज्ञवालीले रोटरीको यो अभियानले स्थानीयवासीलाई केही सहयोग पुर्याउन सकेकोमा क्लबलाई धन्यवाद दिएका थिए ।

कार्यक्रम संयोजक सरस्वती श्रेष्ठको स्वागत तथा क्लबका सचिव शुशिला टण्डन भुर्तेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अतिविपन्न २३ घरधुरी परिवारलाई एकएक बोरा चामलसहितका खाद्यान्न सामग्री वितरण गरिएको क्लबले जनाएको छ ।