२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

अर्घाखाँचीमा थप ७ जनामा कोरोना पुष्टि

सोमवार , आश्विन ५, २०७७

अर्घाखाँची । अर्घाखाँचीमा थप ७ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि हुनेमा जिल्लाको मालारानी गाउँपालिकामा ४ जना र भुमिकास्थान नगरपालिकामा ३ जना गरी ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिए । 

यो सँगै जिल्लामा कुल कोरोना संक्रमित संख्या ३ सय ९७ जना पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले बताएको छ । यस्तै पछिल्लो २४ घण्टामा ७ जनाले कोरोना जितेर डिस्चार्ज भएका न् । यो सँगै जिल्लामा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ३ सय ६३ पुगेको छ । 

कोरोना संक्रमणबाट हालसम्म जिल्लामा ४ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए । खनालका अनुसार भारत तथा छिमेकी जिल्लाबाट आएर स्थानीयतहले निर्माण गरेको क्वारेन्टाइनमा बस्नेको संख्या १ सय ८२ पुगेको छ ।