images

मंगलवार, बैशाख २५ गते २०८१

लायन्स बुटवल स्टार्सद्वारा ब्लड बैंकलाई बेड प्रदान

लायन्स बुटवल स्टार्सद्वारा ब्लड बैंकलाई बेड प्रदान

images
images
images
मंगलवार, भाद्र २२ २०७८
मंगलवार, भाद्र २२ २०७८
  • लायन्स बुटवल स्टार्सद्वारा ब्लड बैंकलाई बेड प्रदान

    बुटवल, २२ भदौ । 
     
    लायन्स क्लब अफ बुटवल स्टार्सले बुटवलमा रहेको रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैंक) लाई बेड प्रदान गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी क्लबले २ थान बेड (रक्तदान गर्दा प्रयोग हुन बेड) प्रदान गरेको हो । कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका पाष्ट डिष्ट्रिक गभर्नर महेन्द्रनारायण श्रेष्ठले क्लबले सामाजिक सेवा भावले महत्पूर्ण काम गर्दै आएको भन्दै आगामी दिनमा पनि सोही अनुसारको काम गर्न सुझाव दिए ।

    त्यस्तै डेपुटी चिफ तथा क्लबका संस्थापक अध्यक्ष सन्दीप कसौधन, एओजी तथा क्लबका पूर्व अध्यक्ष आशिष कृष्ण श्रेष्ठ, क्लबका पूर्व अध्यक्ष दिपक भट्टराई लगायतले बोलेका थिए ।

    कार्यक्रममा क्लबका पूर्व कोषाध्यक्ष रिंकु लिगलले जन्मदिनको अवसरमा स्वर्गीय आमाको नामबाट एक थान बेड सौजन्य गरेका थिए । त्यस्तै क्लबका तृतीय उपाध्यक्ष बिश्वजित कसौधनले एक थान बेड सौजन्य गरेका थिए । सौजन्य स्वरुप उपलब्ध भएका बेड नेपाल जिल्ला रेड्क्रस सोसाइटी रुपन्देहीका अध्यक्ष प्रेमलाल उदासलाई महेन्द नारायण श्रेष्ठ लगायत क्लबका अध्यक्ष अन्जिल खान लगायतले प्रदान गरेका हुन् ।

    images
    images
    images

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij