२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

बुटवलमा तीज मिलन कार्यक्रम 

मंगलवार , भाद्र २२, २०७८

भैरहवा, २२ भदौ ।
गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको आयोजनामा तीज मिलन कार्यक्रम तथा तीज गित प्रतियोगिता २०७८ सम्पन्न भएको छ । कोरोना महामारीका कारण भौतीक रुपमा उपस्थित हुन नसकेकाले जुममार्फत कार्यक्रम गरिएको उपाध्यक्ष तथा तिज मिलन कार्यक्रमका संयोजक उषा खत्रीले बताइन् ।

उक्त कार्यक्रममा बोल्दै समाजका सल्लाहकार सावित्रा टण्डनले विषम परिस्थिति भए पनि प्रविधिको प्रयोग गरी समाजले कार्यक्रम गरेर राम्रो काम गरेको बताइन् । चाडपर्वका बेला समाजका सदस्य दिदीबहिनीलाई प्रतियोगिता गरी प्रोत्साहन गरेकामा उनले खुसी व्यक्त गरिन् । 

प्रतियोगितामा ७ टिमको सहभागिता रहेको थियो । उनीहरुले जुम मार्फत नै आफ्ना गित र नृत्यु प्रस्तुत गरेका थिए । प्रतियोगितामा माया खड्काको समूह प्रथम, सुरक्षा क्षेत्रीको समूह द्वितीय, निर्मला भुसालको समूह तृतीय र जस्मिन टण्डनको समूह सान्त्वना स्थान हांसिल गर्न सफल भएका थिए । 
प्रतियोगिताका विजेताहरुलाई समाजका सल्लाहकार घनश्याम अर्यालले नगद पुरस्कार प्रदान गरेका थिए । उनले दिदीबहिनीको चाडमा आफुले समाजका तर्फबाट पुरस्कार सौजन्य गर्दा दर खुवाएसरह लागेको बताए ।

समाजका सदस्य मिरा भुसालको सभापतित्व तथा सल्लाहकार हेमलाल शर्माको विशिष्ट आतिथ्यता, सल्लाहकार लक्ष्मण अर्याल, युनाइटेड हेल्थ कलबका अध्यक्ष ईन्द्र थापा लगायतको उपस्थिति रहेको थियो । समाजका सबिना टण्डनको स्वागत तथा कार्यक्रम संयोजक उषा खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।