
मंगलवार , भाद्र २२, २०७८
भैरहवा, २२ भदौ ।
लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना तथा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । विशेष गरी आफ्नो क्लबमा भएका महिला, रिजन तथा जोन चेयरपर्सनलाई सम्मान गर्दै उक्त कार्यक्रमको आयोजना गरिएको संयोजक मनोज क्षेत्रीले बताए ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब डिष्ट्रिक ३२५ बी २ नेपालका सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले विभिन्न चाडपर्व तथा संस्कृतिहरु नेपालीहरुको गहना भएकोले त्यस्ता पर्व तथा संस्कृतिको मौलिकतालाई जोगाइराख्न सबै संघ–संस्था लगायत नयाँ पुस्ताहरुले ध्यान दिनुपर्नेमा जोड दिए ।
विशिष्ट अतिथि डिष्ट्रिक एक्जुकेटिभ चिफ लायन महेशचन्द्र थापा, को–चिफ डिष्ट्रिक एडभाईजर धर्मराज श्रेष्ठ, डिष्ट्रिक डेपुटी सेक्रेटरी विजय पाण्डे, रिजन चेयरपर्सन अनिता थापा, जोन चेयरपर्सन माया मल्लिक, सिद्धार्थ महिला जेसीजका संस्थापक अध्यक्ष सरिना श्रेष्ठ, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश के.सी. लुम्बिनीखबर सञ्चार गृह प्रा.लि.का अध्यक्ष गोकुल पोखरेल लगायतले क्लबका पदाधिकारी तथा सदस्यहरुको उल्लेखनीय सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।
महिला दिदीबहिनीहरुलाई सम्मान
लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीमा रहेका ८ जना महिला दिदीबहिनीहरुलाई क्लबको तर्फबाट सम्मान गर्दै उपहार प्रदान गरिएको थियो । त्यस्तै क्लबकी फस्टलेडि उमा अधिकारीबाट व्यक्तिगत रुपमा पारिवारिक तथा उत्सवको रुपमा लिदै महिला दिदीबहिनीहरुलाई मायाको चिनो प्रदान गरेको क्लबकी कोषाध्यक्ष बीना पौडेलले जानकारी दिइन ।
ग्रीन सिटीले महिला दिदिबहिनीहरुसंग शुभकामना आदान प्रदान गर्दै कार्यक्रम आयोजना गरेकोमा क्लबप्रति गर्व गर्दै आगामी दिनमा क्लबमा रहेका दाजुभाइहरुसंग एकआपसमा पारिवारिक सम्बन्ध रहेको क्लबका सदस्य लक्ष्मी थापाले धन्यवाद व्यक्त गर्दै महिला दिदीबहिनीहरुको तर्फबाट शुभकामना व्यक्त गरेकी थिइन ।
जन्मदिनको अवसरमा सम्मान
लयन्स क्लब अफ भैरहवा ग्रीन सिटीले क्लबका मार्गदर्शक को–चिफ एडभाइजर धर्मराज श्रेष्ठलाई सम्मान गरेको छ । क्लबका अध्यक्ष गोविन्द प्रसाद गिरीसहितको पदाधिकारी टिमले जन्मदिनको अवसरमा सम्मानपत्र तथा दोसल्लाले सम्मान गर्दै मानवीय सेवामा लामो समय व्यतित गर्नुभएका श्रेष्ठको जन्मदिन मनाउन पाउँदा खुसी लागेको अध्यक्ष गिरीले बताए ।
भैरहवा ग्रीन सिटीका प्रथम उपाध्यक्ष श्री बहादुर रायमाझीले सामाजिक सेवामा श्रेष्ठको योगदान र परिचयको चर्चा गर्दै ८२ वर्षसम्म लायन्समा सक्रिय हुनु उहाँले गरेका सयौ सामाजिक कर्मले समाज रुपान्तरणमा विशेष योगदान रहेको छ । लायन्स भैरहवा ग्रीन सिटीका अध्यक्ष गोविन्द प्रसाद गिरीको अध्यक्षता तथा क्लबका सचिव थानेश्वर पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij