images

बुधवार, बैशाख २६ गते २०८१

सामूहिक विद्यालय परिवारद्वारा बाढीप्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सामूहिक विद्यालय परिवारद्वारा बाढीप्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

images
images
images
बिहिवार, भाद्र २४ २०७८
बिहिवार, भाद्र २४ २०७८
  • सामूहिक विद्यालय परिवारद्वारा बाढीप्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    भैरहवा, २४ भदौ ।
    सामूहिक विद्यालय परिवार, रुपन्देहीले बाढीप्रभावित विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । अविरल वर्षाका कारण आएको बाढीबाट प्रभावित रुपन्देहीको ओमसतिया गाउँपालिका–५ स्थित पिपरहिया (भाटा) का ४१ जना विद्यार्थीहरुलाई परिवारले शैक्षिक सामग्री वितरण गरेको हो ।

    images
    images
    images

    ५४ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस एवं राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर विपन्न तथा बाढीप्रभावित विद्यार्थीहरुलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले बुधबार शैक्षिक सामग्री वितरण गरिएको परिवारका पूर्व अध्यक्ष तथा सल्लाहकार उदय कुमार मल्लिकले बताए ।

    शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै ओमसतिया गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष शिव कुमार धवलले विपद्को समयमा बाढीप्रभावित परिवारलाई सहयोग गर्नु प्रशंसनीय कार्य भएको बताए । उनले यो सहयोगले बाढीप्रभावित विद्यार्थीहरुलाई उर्जा प्रदान भएको बताए । वडाअध्यक्ष धवलले बाढीप्रभावित परिवारलाई राहतको आवश्यकता रहेको बताए ।

    सामूहिक विद्यालय परिवार, रुपन्देहीका अध्यक्ष मनोज कुमार यादवले पीडामा रहेको गाउँटोलमा पुगेर विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको बताए । उनले वस्तीमा धनको क्षति भए पनि मानिसको ज्यान बच्न सफल भएको बताए । उनले भने, ‘मानव जीवन ठूलो हो, जीवन रहे पछि पनि सम्पत्ति आर्जन गर्न सक्छौं, ठूलो सहयोग गर्न त सकेनौ तर बाढीप्रभावित विद्यार्थीहरुलाई पढाइमा सहजता प्रदान होस् भन्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरेका हौं ।’

    प्याब्सन लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा समाजसेवी मात्रिका प्रसाद यादवले सामूहिक विद्यालय परिवारले गरेको शैक्षिक सामग्री वितरणले बाढीप्रभावित परिवारलाई हौसला प्रदान भएको बताए । 

    IMG_3631.JPG

    सामूहिक विद्यालय परिवार, रुपन्देहीका अध्यक्ष मनोज कुमार यादवको अध्यक्षता तथा सचिव चन्द्रप्रकाश न्यौपानेको सञ्चालनमा सम्पन्न कार्यक्रमको उद्देश्यमाथि संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार उदय कुमार मल्लिकले प्रकाश पारेका थिए । २०५९ सालमा स्थापना भएको सामूहिक विद्यालय परिवारमा हाल १८ वटा विद्यालय आबद्ध रहेको परिवारका कोषाध्यक्ष समसाद इद्रिसीले बताए ।

    बाढीप्रभावित क्षेत्रमा राहतको आवश्यकता : स्थानीय

    ओमसतिया गाउँपालिका–५ पिपरहिया (भाटा) का स्थानीय हेम बहादुर आलेले भदौ ११ गतेको अविरल वर्षाका कारण आएको बाढीले ११ वटा घर पूर्ण रुपमा क्षति र अन्यमा आंशिक क्षति भएको बताए । उनले बाढीले घरमा राखिएको लत्ताकपडा, पशु चौपाया, खाद्यान्न सामग्री बगाएको बताए । ‘बाढीप्रभावितहरुका लागि संघ–संस्थाले राहत सामग्री उपलब्ध गराउने अपेक्षा गरेका छौं, अहिले घरभित्र पनि बस्न ग्राहो भएको छ, यहाँ रहेका २० वटा घरपरिवारको मुख्य पेशा भनेको मजदूरी हो, जेनतेन जीविकोपार्जन त गरेका छौंै, तर राहत सामग्री आवश्यक छ, ’आलेले भने । उनले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने सामूहिक विद्यालय परिवारलाई धन्यवाद व्यक्त गरे ।

    IMG_3659.JPG

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij