२०८३, बैशाख १४ गते

Apr 27 2026 | २०८३, बैशाख १४ गते

सिद्धार्थनगरका बाढीप्रभावितलाई राहत वितरण

बिहिवार , भाद्र २४, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • भैरहवा, २४ भदौ ।
    गत हप्ता आएको बाढीले प्रभावित सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का वडाबासीलाई बिहीबार राहत सामाग्री वितरण गरिएको छ । 
    सिद्धार्थनगर वडा नम्बर १२ श्रीकृष्णपथ निवासी २० घरपरिवारलाई सिद्धार्थनगर नगरपालिकाले राहत वितरण गरेको हो । जसअनुसार प्रतिघरपरिवार चामल २५ किलो, दाल ३ किलो, तेल ३ लिटर र २ किलो नुन गरी २० घर परिवारलाई  वितरण गरिएको हो । 

    नगरप्रमुख हरिप्रसाद अधिकारी, उपप्रमुख उमा काफ्ले, वडा नम्बर १२ का वडा अध्यक्ष करुन्जन कुमार श्रेष्ठ, वडा सदस्य कुमार गुरुङ, नगरपालिकाका वरिष्ठ अधिकृत एवं सामाजिक विकास शाखा प्रमुख यादव प्रसाद सापकोटा, मुक्ति पाण्डे लगायतले बाढीप्रभावितलाई राहत वितरण गरेका थिए ।