२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

लायन्स सिद्धार्थनगर लोटसद्वारा स्टेशनरी सामाग्री वितरण

बुधवार , आश्विन ७, २०७७

भैरहवा, ७ असोज ।
राष्ट्रिय बाल दिवस–२०७७ को अवसर पारेर लायन्स क्लब अफ सिद्धार्थनगर लोटसले झोला तथा स्टेशनरी सामाग्री वितरण गरेको छ । क्लबले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ स्थित श्री सिद्धार्थ प्राथमिक विद्यालयका ४५ जना विद्यार्थीलाई उक्त सामाग्री वितरण गरेको हो ।

शैक्षिक सामाग्रीकै अभावमा शिक्षाबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई सामाग्री हस्तान्तरण गरिएको क्लबका अध्यक्ष दुर्गा आचार्यले बताइन् ।

क्लबका अध्यक्ष दुर्गा आचार्यको जन्मदिनको अवसर समेत पारेर क्लबले आचार्यकै सहयोगमा विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी सामग्री वितरण गरिएको कार्यक्रम संयोजक जुष्मा श्रेष्ठले बताइन् । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स डिष्ट्रिक ३२५ बी टु नेपालका स्ट्रेटेजिक चिफ धर्मराज श्रेष्ठले लायन्स क्लब अफ सिद्धार्थनगर लोटसले उदाहरणीय भएको बताए । 

डिष्ट्रिक ३२५ बी टु नेपालका स्ट्रेटेजिक चिफ महेशचन्द्र थापाको विशिष्ट आतिथ्यता, एरिया–४ का को–चिफ राजेश खरेल, डिष्ट्रिक अफिसर रुपमा हिराचन, जोन चेयरपर्सन विजय पाण्डे, जोन चेयरपर्सन तथा लायन्स क्लब अफ सिद्धार्थनगर लोटसका संस्थापक अध्यक्ष अनिता थापा, लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष नेत्र प्रसाद आचार्य, विद्यालयका प्रधानाध्यापक ममता प्रधान, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द बस्याल, लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपका कार्यवाहक अध्यक्ष माया सारु मगर लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

क्लबका तृतीय उपाध्यक्ष ललिता बछारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । झोला तथा स्टेशनरी सामग्री वितरण कार्यक्रममा उपस्थिति हुन नसकेका विद्यार्थीहरुलाई पुनः वितरण गरिने समेत क्लबले जनाएको छ ।