images

सोमवार, बैशाख २४ गते २०८१

पत्रकार हुँ भन्दै अवैधरूपमा रकम असुली गर्ने दुई पक्राउ

पत्रकार हुँ भन्दै अवैधरूपमा रकम असुली गर्ने दुई पक्राउ

images
images
images
बिहिवार, भाद्र २४ २०७८
बिहिवार, भाद्र २४ २०७८
  • पत्रकार हुँ भन्दै अवैधरूपमा रकम असुली गर्ने दुई पक्राउ

    कञ्चनपुर, २४ भदौ ।
    महेन्द्रनगर बजारमा अवैधरूपमा रकम असुली गर्ने दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ । अवैध असुलीमा संलग्न गोविन्द बिसी र सन्तोष भट्टलाई प्रहरीले महेन्द्रनगर बजारको गल्ली नं ४ मा रहेको साई मोबाइल केयर ग्यालरीबाट पक्राउ गरेको हो । दुवै जनाले नाइस टेलिभिजनको पत्रकार भन्दै रकम असुली गरेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    बुधबार साँझ दुवै जनाले साई मोबाइल ग्यालरी सञ्चालकलाई धम्क्याउँदै रु दुई लाख माग गरेको तर पसल सञ्चालकले दिन नसक्ने बताएपछि नगद रु २५ हजार र सामान लगेर गएका थिए । दुवै जनाको पसल सञ्चालकसँग ‘बार्गेनिङ’ गरेको भिडियो सीसीटीभी क्यामेरामा कैद भएको छ । रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij