images

मंगलवार, बैशाख २५ गते २०८१

‘कार्यमार्फत आशाको सिर्जना’

‘कार्यमार्फत आशाको सिर्जना’

images
images
images
शुक्रवार, भाद्र २५ २०७८
शुक्रवार, भाद्र २५ २०७८
  • ‘कार्यमार्फत आशाको सिर्जना’

    बुटवल, २५ भदौ । 
    आज विश्व आत्महत्या रोकथाम दिवस । ‘कार्यमार्फत आशाको सिर्जना’ नारासहित विश्वभर विविध कार्यक्रम गरी दिवस मनाइँदै छ । रुपन्देहीमा पनि विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा कोशिस राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन र रोटरी ई–क्लब अफ मेडिफ्युजन हाईब्रिड नेपालको सह–आयोजनामा सञ्चारकर्मीहरुको लागि अभिमुखीकरण कार्यक्रममा गरिएको छ । 

    कार्यक्रममा बोल्ने वक्ताहरुले आत्महत्या न्यूनीकरण गर्न सञ्चार क्षेत्रको भुमिका महत्वपूर्ण हुने भन्दै संवेदनशिल भएर पत्रकारिता गर्न सुझाव दिए । कार्यक्रममा नशा तथा मानसिक रोग विशेषज्ञ डा. विक्रम काफ्लेले आत्महत्या घटनालाई सन्सनीपूर्ण र असामान्य समाचार नबनाउन आग्रह गरे । फोटो, भिडियो प्रयोगमा ध्यान दिने तथा आत्महत्यालाई कलंक वा अपराधका रुपमा चित्रण गर्न नहुने उनले बताए । एउटा आत्महत्या प्रयास गरेको व्यक्तिलाई मेडिकल उपचारसंगै आत्महत्या गर्न खोजेको कारण खोज्नेतर्फ पनि लाग्न सके त्यसले न्यूनीकरण हुने उनको तर्क छ । 

    कोशिस नेपालका गणेश पौडेलले ७ वटा प्रदेशमध्ये लुम्बिनी दोस्रो ठूलो आत्महत्या हुने प्रदेशमा पर्ने बताए । प्रदेश १ मा १ हजार ५ सय १८, गण्डकी प्रदेशमा ६ सय ४४ जना, बाग्मतीमा १ हजार ३२ जना, लुम्बिनीमा १ हजार ३ सय ८३ जना, प्रदेश २ मा ९ सय ५९ जना, कर्णालीमा ३ सय ६५ जना र सुदूरपश्चिम प्रदेशमा ६ सय ८८ जनाले आत्महत्या गरेको तथ्यांकमा देखिन्छ । कोशिस नेपालको टोल फ्रि नम्बरहरु १६६०७१५२००५ लुम्बिनी प्रदेशमा परामर्श सेवा दिदै आएको उनले बताए ।

    कार्यक्रममा क्लबका अध्यक्ष डा. सन्तोष पोखरेलले आत्महत्या रोकथाम गर्न संवेदनशील रिपोर्टिङ जरुरी रहने बताए । आत्महत्या बढ्नुमा अप्रत्यक्ष रुपमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने भन्दै सञ्चारकर्मी लक्षित कार्यक्रम गरिएको उनले बताए । 

    कार्यक्रममा डा. रजत कायस्थ, कोशिस राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन कोशिस नेपालका केन्द्र कुमारी चौधरी, यशोधा बगालेले लागुऔषध दुव्र्यसनी, दीर्घरोगी, आत्महत्याको कारण, बलात्कार सामाजिक हिंसा लगायत कारणहरु हुने भन्दै समाजमा आत्महत्याका बारेमा भएका भ्रमहरु चिर्न जरुरी रहेको बताए । 

    images
    images
    images

    विश्वमा ८ लाख जनाले वर्षेनी आत्महत्या गर्ने गरेको तथ्यांक छ । प्रति ४० सेकेण्डको अन्तरमा एक जनाले आत्महत्या गर्ने यसबाट पुष्टि भएको छ । आर्थिक वर्ष २०७७/२०७८ मा नेपालमा विष सेवन, आगो लगाई, झुण्डिएर, औजार हातहतियार, हाम फालेर, करेन्ट लागेर, डुबेर ७ हजार १ सय ४१ जनाले आत्महत्या गरेको तथ्यांकमा देखिन्छ । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij