
लुम्बिनीको बिकासमा हरेक तवरले साथ दिने प्रधानमन्त्रीको आश्वासन
शुक्रवार , भाद्र २५, २०७८
बुटवल, २५ भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शुक्रवार भेटवार्ता भएको छ । भेटघाटले लुम्बिनीको विकास एवं समृद्धिका लागि नयाँ ढोका खोलेको मुख्यमन्त्री केसीले बताएका छन् । आफ्नो दुईदिने काठमाडौ बसाइपछि उनले आफ्नो काठमाडौ बसाई उपलब्धीमूलक बनेको प्रतिक्रिया दिए ।
प्रधानमन्त्री देउवाले लुम्बिनी प्रदेशको विकासका लागि सके जति पहल गर्ने विश्वास व्यक्त गरेको मुख्यमन्त्री केसीले बताए । प्रधानमन्त्री देउवाले लुम्बिनी प्रदेश सरकारको नीति तथा योजनालाई सफल बनाउनको लागि आफू हरदम तयार रहेको प्रक्रिया दिएको मुख्यमन्त्री केसीले बताए ।
मुख्यमन्त्री केसीले काठमाडौ बसाईको क्रममा सम्वृद्ध लुम्बिनी प्रदेशको निर्माणको लागि उच्च राजनीतिक सहमतिलाई कायम गर्दौ मन्त्रीपरिषद् गठन, लुम्बिनी प्रदेश सरकारको बजेट तथा कार्यक्रमका बारेमा छलफल भएको बताए । उनले लुम्बिनी प्रदेश सरकारले प्रदेशवासीको हितमा हुने गरी लिन लागिएको बजेट बारेमा केन्द्र सरकारसँग पनि छलफल गरेको बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवासंग गरिएको भेटमा विकासका हरेक योजनामा लुम्बिनी प्रदेशलाई प्राथमिता प्रदान गर्नका लागि अनुरोध गरेका थिए । लुम्बिनी प्रदेश देशकै नमूना प्रदेश बनाउनको लागि आफू लागि रहेको बताउँदै केन्द्र सरकारसंग पनि माग गरेको बताए ।
प्रदेश सरकारले यस वर्ष शिक्षा, स्वास्थ्य रोजगारलाई प्राथमिकता राख्ने गरी शुसासन कायम गरी नीति योजना तर्जुमा गरिन लागेको समेत जानकारी गराउँदै जनमुखी बजेट नीति योजनालाई पास गरिने समेत बताएका छन् । मुख्यमन्त्री केसीले यसअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) संग भेटघाट गरेका थिए।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij