
बुधवार , आश्विन ७, २०७७
भैरहवा । केन्द्रीय कारागारको भद्र ब्लकमा जेल जीवन विताइरहेका रुपन्देहीका रामलखन जैसवालको मृत्यु संकास्पद भएको भन्दै स्वतन्त्र छानविनको माग गर्दै जयसवाल सेवा समिति सिद्धार्थनगरले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।
समितिले स्वतन्त्र, निष्पक्ष, न्यायीक समिति गठन गरी सत्य तथ्य छानविन गरी दोषिलाई हदै सम्मको कार्वाहीको माग गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका बडा नम्बर ५ का पुर्व बडा अध्यक्ष तथा समितिका पुर्व अध्यक्ष समेत रहेका जयसवालको मृत्यु संकास्पद भएको भन्दै स्वतन्त्र छानविनको माग गर्दै ज्ञापन पत्र बुझाएको समितिका अध्यक्ष सन्तोषकुमार जयसवालले जानकारी दिए ।
बिगत ८ बर्ष देखि कैद जिवन भुत्तान गरिरहेका जयसवालको कानुनी प्रक्रिया चलिरहेका बेला भएको घटनाले कानुनी साशनको खिल्ली उडाएको बिज्ञप्तीमा उल्लेख छ ।
बिगत ८ बर्ष देखि कैद जिवन भुत्तान गरिरहेका जयसवालको कानुनी प्रक्रिया चलिरहेका बेला भएको घटनाले कानुनी साशनको खिल्ली उडाएको बिज्ञप्तीमा उल्लेख छ । ज्ञापनपत्र बुझाउदै अर्जुन जयसवाल, अजयकुमार गुप्ता, आनन्द गुप्ता, अमित गुप्ता, तारकेश्वर कान्दु, दुर्गा गुप्ता, मनोज अग्रहरी, नरेन्द्र रौनीयार, मनोज जयसवाल, सौदागर जयसवाल, रवि रौनीयार लगाएतले शरिरभरी देखिएका चोटले मृत्युलाई थप संकास्पद बनाएको भन्दै स्वतन्त्र छानविन गर्दै दोषिलाई हदै सम्मको कार्वाहीको माग गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij