२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्रतिपक्षी दललाई वेवास्ता गरेको कांग्रेसको आरोप

बुधवार , आश्विन ७, २०७७

बुटवल, ७ असोज । 
नेपाली कांग्रेस वडा समिति बुटवल वडा नम्बर ११ ले महत्वपूर्ण विकास निर्माण र योजनाहरु अघि बढाउदा आफुहरुलाई वेवास्ता गरेको बताएको छ । वडामा दिर्घकालीन अर्थ राख्ने योजना र कार्यक्रम सञ्चालन गर्दा प्रमुख प्रतिपक्षी दललाई वेवास्ता गर्नु लोकतन्त्र विरोधी कार्य भएको कांग्रेसले जनाएको छ । 

विकास निर्माणदेखि हरेक कुराहरुमा सहयोग र सहकार्य गर्दै जाँदा पनि वेवास्ता गरिनुले हरेक गतिविधिहरुमाथि शंका पैदा गरेको कांग्रेसको ठहर रहेको छ । बुधबार बुटवलको वडा नम्बर ११ का अध्यक्ष रामचन्द्र क्षत्रीलाई ज्ञापनपत्र बुझाउदै कांग्रेसले तत्काल यस्ता क्रियाकलाप सुधार गर्न चेतावनी दिएको हो । 

कोरोना भाइरसको संक्रमणले नागरिकहरु आक्रान्त भएको समयमा पनि पीसीआर परीक्षण गर्नेदेखि अन्य पूर्वाधार निर्माणमा वडा कार्यलयले चासो नदिएको गुनासो कांग्रेसको भनाइ छ छ । 

वडाअध्यक्ष चित्र बहादुर वर्माको नेतृत्वमा गएको वडा कार्यालयमा पुगेर ७ बुंदे ज्ञापनपत्र बुझाइएको हो । नेपाली कांग्रेसका महासमिति सदस्य काजीमान श्रेष्ठ, कांग्रेस क्षेत्र नम्बर २ का प्रदेश समितिक सह–सचिव नेत्र भट्टराई, वडा अध्यक्षका प्रत्यासी सावित्रा टण्डन, जित बहादुर मल्ल, कुल बहादुर केसी, उपसभापति कृष्ण बहादुर जिसी, सचिव दुर्गा बहादुर खत्री, अर्जुन वहादुर कुवंर लगायत सहभागीहरु विहान ११ बजे वडा कार्यालय पुगेका थिए । 

ज्ञापनपत्रमा वडा कार्यालयमा भइरहेको अव्यवस्थित बस्ती तथा सार्वजनिक क्षेत्रको जग्गा नापजांचको उद्देश्य प्रष्ट नभएको तथा त्यस्ता वस्तीहरुको दर्ता गर्दा लाग्ने शुल्क महंगो भएको लगायतका कुरा उल्लेख गरिएको छ । जग्गा नापजांच गर्दा पूर्वाग्रहहरु देखिन थालेकोले प्रतिपक्षी तथा अन्य दलहरुलाई पनि साथमा लिएर अघि बढ्न आग्रह गरिएको छ । त्यसै गरी विकास निमार्णको काम लथालिङ भएको, जनता आवास कार्यक्रम लागू गर्दा त्यसको मापदण्ड स्पष्ट नपारिएको, सार्वजनिक जग्गा मनोमानी वितरण गरिएको लगायतको कुराहरु ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।  ज्ञापनपत्र बुझाउदै वडा सभापति वर्माले विपक्षी दलसंग सहकार्य नगरेको भन्दै तत्काल सुधार गर्न आग्रह गरे ।

ज्ञापनपत्र बुझ्दै वडाअध्यक्ष क्षत्रीले आफ्नो निकायबाट हुने र सम्भव भएका कुरा तुरुन्त सच्याउने र अबका कार्यक्रममा विपक्षी दलसंग सहकार्य गर्ने बताए ।