२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

फुटसलको उपाधि रोट्रयाक्ट लुम्बिनी बुद्धलाई 

आइतवार , भाद्र २७, २०७८

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • भैरहवा, २७ भदौ । 
    रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बौद्ध ल्याण्डको आयोजनामा भएको आर.सी.सी.बी.एल. फुटसल प्रतियोगिता २०२१ पहिलो संस्करणको उपाधि रोट्रयाक्ट क्लब अफ लुम्बिनी बुद्धले जितेको छ । रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानको जोन १८ का ६ वटा क्लबहरु बीच भैरहवाको वि.पी पथस्थित फुटसल ग्राउण्डमा शनिबार भएको फाइनल खेलमा रोट्रयाक्ट क्लब सेन्ट्रल बौद्ध ल्याण्डलाई ३-२ गोलको अन्तरले पराजित गर्दै लुम्बिनी बुद्धले उपाधि जितेको हो । 

    आपसी भाइचारा कायम राख्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा रोटरी डिस्ट्रिक ३२९२ नेपाल भुटानको  जोन १८ भित्रका रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बौद्ध ल्याण्ड, रोट्रयाक्ट क्लब अफ बौद्ध ल्याण्ड बी, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारी, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनी, रोट्रयाक्ट क्लब अफ लुम्बिनी सिद्धार्थनगर, रोट्रयाक्ट क्लब अफ भैरहवा र रोट्रयाक्ट क्लब अफ लुम्बिनी बुद्धसहित ७ वटा टिमको सहभागिता रहेको थियो । 

    विजेता भएको रोट्रयाक्ट क्लब अफ लुम्बिनी बुद्धको टीमले १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने उपविजेता भएको रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बौद्ध ल्याण्डको टीमले प्रमाणपत्र प्राप्त गरेको थियो ।

    रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बौद्ध ल्याण्ड अध्यक्ष दिक्षा सुनारको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका उप–प्रमुख उमा काफ्लेले सधै व्यापार, व्यवसाय पेशागत कार्यमा व्यस्त रहने व्यक्तिहरुका लागि शारीरिक, स्वास्थ्य र मनोरञ्जनसंगै आपसमा सद्भाव बढाउने एउटा राम्रो माध्यम खेल रहेको बताइन । 

    ‘स्वास्थ्यका लागि खेल’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानको जोन १८ भित्रका रोट्रयाक्ट क्लबहरुकाबीच खेलको माध्यमबाट भेटघाट, सद्भाव र प्रगाढ सम्बन्ध स्थापित गर्ने उद्देश्यका साथ आयोजना गरिएको फुटसल प्रतियोगिता सौहार्दपूर्ण तरिकाले सम्पन्न भएको क्लबका अध्यक्ष दीक्षा सुनारले बताइन् । त्यस्तै रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बौद्ध ल्याण्डका संस्थापक अध्यक्ष अस्मित लाम्गादेले व्यक्ति व्यक्तिबीच सुमधुर सम्बन्ध कायम गर्ने एउटा सर्वोत्तम माध्यम रहेको बताए । 

    रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बौद्ध ल्याण्डका सह–सचिव राम कृष्ण बरालको सञ्चालनमा भएको कार्यक्रममा रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका वर्ष २०२१–२०२२ का अध्यक्ष सतदल चौधरी, संस्थापक अध्यक्ष विमल सेन्चुरी, निवर्तमान अध्यक्ष डा. हिरा बहादुर साह, प्रकाश कुमार शर्मा, जोन १८ का जोनल रोट्रयाक्ट रीप्रेसेण्टिभ  बाबुराम खनाल (अतित), प्रेसिडेन्ट एड्भाइजर दिनेश पौडेल लगायतले बोलेका थिए ।

    241859034_113195801002719_4453512668982187048_n.jpg