२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

लायन्स सैनामैना मलमलाको तेस्रो बैठक सम्पन्न          

आइतवार , भाद्र २७, २०७८

बुटवल, २८ भदौ ।                              
लायन्स क्लव अफ सैनामैना मलमलाको तेस्रो बोर्ड तथा बैठक सम्पन्न भएको छ । सैनामैना ७ कलौनीमा रहेको वाटरवल्र्डमा सम्पन बैठकले १५ सेप्टेम्बरमा चार्टर्ड नाइट सम्पन गर्ने निर्णय गरेको छ । चार्टर्ड नाइट सम्पन्न गर्न संस्थापक अध्यक्ष लायन कृष्ण प्रसाद शर्मा (पवन) लाई संयोजकको रूपमा चयन गरेको छ । क्लबका अध्यक्ष सरोज पन्थको अध्यक्षता तथा सचिव लेखनाथ गैरेको सञ्चालनमा सम्पन्न भएको बैठकले १७ सेप्टेम्बरमा क्लबको पदस्थापन कार्यक्रम समेत गर्ने निर्णय गरेको छ ।

त्यस्तै तीजमा सम्पन भएको फेमिली फेलोशिप उत्साहपूर्वक रूपमा सम्पन्न भएको भन्दै कार्यक्रमको बारेमा समीक्षा समेत गरिएको थियो । त्यस्तै आगामी दिनमा क्लवका आफ्ना योजनाहरुलाई मूर्तरूप दिन समुदायस्तरमा सहकार्य गरेर अगाडि बढ्ने निर्णय समेत गरेको छ ।