२०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

सोमवार , भाद्र २८, २०७८

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • गण्डकी, २८ भदौ । पिजी रियल स्टेट एण्ड जब लिङक नामक संस्था सञ्चालन गरी विभिन्न कम्पनीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
     
    प्रतिव्यक्ति रु दुई हजार ५०० का दरले रकम उठाएर काममा नलगाई ठगी गरेको भन्ने जाहेरीका आधारमा स्याङ्जा, फेदीखोला गाउँपालिका–४ स्थायी घर भई हाल कास्की, पोखरा महानगरपालिका–२७ तालचोक बस्ने कृष्ण पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।
     
    निजलाई यही भदौ २५ गते पक्राउ गरी ठगी (आपराधिक लाभ, विश्वासघात) मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस