२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

ट्रक र पिकअपसहित पश्चिम नवलपरासीबाट ३७ लाख ३० हजार मुल्यको अवैध हरियो मटर बरामद 

सोमवार , भाद्र २८, २०७८

बुटवल । पश्चिम नवलपरासी प्रहरीले एउटा ट्रक, पिकअपसहित ३७ लाख ३० हजार मुल्य बराबरको अवैध हरियो मटर ९केराउ० बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सुनवल नगरपालिका–१२ भुमहीबाट ८४० बोरामा अन्दाजी २१ टन हरियो मटरसहित ना ६ ख ५२०१ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको सूचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिए ।

बरामद मटरको अन्दाजी मुल्य १८ लाख ९० हजार र ट्रकको अन्दाजी मुल्य १० लाख गरि २८ लाख ९० हजारको रहेको डिएसपी लामाले बताए । यस्तै ईलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको टोलीले सुस्ता गाउँपालिका–३ फेचुवा पुलबाट लु १ च ७६०८ नम्बरको पिकअप गाडिलाई चेकजाँचका क्रममा एक सय २० बोरामा अन्दाजी ३० क्विन्टल हरियो मटर फेला पारेको छ ।

बरामद मटरको अन्दाजी मुलय २ लाख ४० हजार र पिकअप गाडिको अन्दाजी मुल्य ८ लाख ४० हजार बराबर रहेको छ । नियन्त्रणमा लिइएको मटर, सवारी र चालकहरुलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको पश्चिम नवलपरासी प्रहरीले जनाएको छ ।