images

शुक्रवार, बैशाख २१ गते २०८१

औषधी व्यवसायी संघको स्थापना दिवसमा व्यवसायिक हित कोष स्थापना

औषधी व्यवसायी संघको स्थापना दिवसमा व्यवसायिक हित कोष स्थापना

images
images
images
सोमवार, भाद्र २८ २०७८
सोमवार, भाद्र २८ २०७८
  • औषधी व्यवसायी संघको स्थापना दिवसमा व्यवसायिक हित कोष स्थापना

    बुटवल, २८ भदौ ।
    नेपाल औषधी व्यवसायी संघ रुपन्देही शाखाले आफ्नो तेस्रो स्थापना दिवस व्यवसायी सम्मान तथा औषधी हस्तान्तरण गरी मनाइएको छ । सोमबार एक कार्यक्रमकाबीच नेपाल औषधी व्यवसायी संघ केन्द्रीय निवर्तमान अध्यक्ष बाबुराम भट्टराई, जिल्ला अध्यक्ष सुरज भट्टराई, प्रदेश अध्यक्ष शिव ज्ञवालीले परोपकार दान विभाग शाखा बुटवलका उपप्रधान सेवक राजकुमार श्रेष्ठ, सचिव मदन कुमार श्रेष्ठलाइ २० हजार बराबारको ४० प्रकारका औषधी बितरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । 

    स्थापना दिवसको अवसरमा बुटवलमा स्वास्थ्य सेवा र संघको विकासमा योगदान दिएका यति मेडिकल हलका सञ्चालक केशव घिमिरेलाई सम्मान पत्र र दोसल्लाबाट सम्मान गरिएको अध्यक्ष सुरज भट्टराईले बताए । त्यसै गरी संघको व्यवसायीहरुको हकहितका लागि स्थापना गरिएको १५ लाख रुपैयाँको व्यवसायिक हित कोषमा सहयोग गर्ने दाताहरुलाई सम्मानबाट सम्मान गरिएको थियो । व्यवसायीहरुलाई अत्यन्त जीर्ण रोग, भैपरी आउने घटना÷दुर्घटना लगायतको बेला समेत कोषको ब्याज रकमबाट सहयोग गरिने उनले बताए । संघबाट औषधीको सहज आपूर्तिमा ध्यान दिदै सामाजिक उत्तरदायित्वमा अग्रसर हुँदै कार्यकालमा नमूना कामहरु गरेको अध्यक्ष सुरज भट्टराईले बताए । 

    सम्मानित व्यवसायी केशव घिमिरेले छोटो समयमा नेपालमा औषधी व्यवसायमा ठूलो फड्को मारेको भन्दै यसलाई व्यवस्थित गर्दै लैजान जरुरी रहेको बताए ।

    नेपाल औषधी ब्यवसायी संघ केन्द्रीय खुद्रा उपाध्यक्ष राम प्रसाद खरेल, प्रदेश अध्यक्ष शिव ज्ञवाली, विशेष सल्लाहकार डा. रोहित राज क्षेत्री, लोकहरि श्रेष्ठ, सल्लाहकार अमृत सुवेदी, प्रभा भण्डारी, संघका जिल्ला उपाध्यक्ष खड्ग बस्नेत, महासचिव पुरुषोत्तम भट्टराई, संघका कृष्ण प्रसाद भट्टराई, कपिल ज्ञवाली, नरेश सेढाईले ब्यवसायिक हितमा नेतृत्वबाट भएको कामलाई सबैको सहयोग जरुरी रहेको बताए । 

    images
    images
    images

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij