
बिहिवार , आश्विन ८, २०७७
भैरहवा, ८ असोज ।
जेल जीवन बिताइरहेका भैरहवाका रामलखन जयसवालको मृत्यु शंकाष्पद भएको भन्दै नागरिक अगुवा संघर्ष समिति, रुपन्देहीले दोषीमाथि कारवाहीको माग गरेको छ । समितिले पीडित परिवारलाई न्याय दिलाउन समेत माग गरेको छ ।
समितिले भैरहवास्थित मिलनचोकमा आयोजना गरेको कार्यक्रममा बोल्दै नागरिक अगुवा आनन्द प्रसाद गुप्ताले रामलखन जयसवालको मृत्यु शंकाष्पद रहेकोले घटनाको निष्पक्ष छानबीन गर्न माग गरे । उनले सरकारबाट घटनाको छानबीन नभए र पीडित परिवारलाई क्षतिपूर्ति नदिए अझ कडा संघर्षमा उत्रिने चेतावनी समेत दिए । कोरोना संक्रमित विरामीको मृत्यु भए शव सम्बन्धित परिवारले हेर्न पाउनुपर्छ, उनले भने ।
कार्यक्रममा समाजसेवी प्रख्यात बञ्जाडेले जेलमा बसेका कैदी सुरक्षित नभए बाहिर रहेका नागरिक कसरी सुरक्षित हुन सक्छन् भन्दै प्रश्न गरे । उनले सरकारले घटनाबारे निष्पक्ष छानबीन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा महेन्द्र यादव, श्रीराम गुप्ता, दिपक कौशल (सतिष), गोपाल उपाध्याय, देवेन्द्र पाण्डे, नरेन्द्र प्रसाद रौनियार, कृष्ण प्रसाद भण्डारी, मंगल भण्डारी, अंजु जैसी लगायतले बोल्दै पीडित परिवारलाई न्याय दिनुपर्ने माग गरे । समाजसेवी रवि कुमार रौनियारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij