images
images

आइतवार, जेठ ६ गते २०८१

जिल्ला स्तरीय मा.वि तह कविता प्रतियोगिता सम्पन्न 

जिल्ला स्तरीय मा.वि तह कविता प्रतियोगिता सम्पन्न 

images
images
images
मंगलवार, भाद्र २९ २०७८
मंगलवार, भाद्र २९ २०७८
  • जिल्ला स्तरीय मा.वि तह कविता प्रतियोगिता सम्पन्न 

    नवलपरासी २९ भदौ। राष्ट्रिय बालदिवस २०७८ को अवसरमा जिल्ला स्तरीय मावि तह कविता प्रतियोगिता सम्पन्न भएको छ। नेपाल बाल सङ्गठनको आयोजना तथा सरावल गाउँपालिका, पाल्हिनन्दन गाउँपालिका, प्रतापुपर गाउँपालिका, सुस्ता गाउँपालिका, बर्दघाट नगरपालिका, सुनवल नगरपालिका, रामग्राम नगरपालिकाको संयुक्त सहयोग र सहकार्यमा जिल्ला स्तरीय मा।वि। तह कविता प्रतियोगिता सम्पन्न भएको हो। 

    images
    images
    images

    सामान्य अवस्था र कोभिड महामारी बाल अधिकार संरक्षण हामी सबैको जिम्मेवारी, भन्ने नाराको साथ आयोजना गरिएको जिल्ला स्तरीय मावि तह कविता प्रतियोगितामा कोरोना संक्रमण र बालबालिकाको भोगाई विषयमा विद्यार्थीहरूले कविता वाचन गरेका थिए। नेपाल बाल सङ्गठनका सभापति पृतम पौडेलको सभापतित्व तथा जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायको प्रमुख अतिथतामा जिल्ला स्तरीय मावि तह कविता प्रतियोगिता सम्पन्न भएको थियो।
     
    जिल्ला स्तरीय मावि तह कविता प्रतियोगितामा महाकवि देवकोटा मावि सुनवलकी सरिन भण्डारी प्रथम, अन्नपूर्ण सेकेन्डरी स्कुल सुनवलकी रिषा भट्टराई द्वितीय र राजमहात्मा पूर्ण भद्र मावि बर्दघाटकी आरती पाण्डे तृतीय भएको प्रतियोगिताको निर्णयक संयोजक एवम विश्व साहित्य प्रतिष्ठानका जिल्ला अध्यक्ष दिपक बरालले जानकारी दिए। 

    प्रथम हुनेलाई पाँचहजार, प्रमाणपत्र शिल्ड, द्वितीय तीन हजार संगै प्रमाणपत्र शिल्ड र तृतीयलाई दुईहजार प्रमाणपत्र शिल्ड पुरस्कार बितरण गरिएको सङ्गठनका सचिव मोहन पौडेलले जानकारी दिए। जिल्ला स्तरीय मावि तह कविता प्रतियोगितामा जिल्लाका १३ वटा मावि तहका विद्यालयबाट २३ जना  विद्यार्थीहरूको सहभागिता रहेको सचिव पौडेलले बताए।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij