
बुधवार , भाद्र ३०, २०७८
भैरहवा, ३० भदौ ।
राष्ट्रिय बाल दिवस–२०७८ को अवसर पारेर लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगरले मंगलबार लुम्बिनीरोडस्थित सिद्धार्थ बालगृहलाई खाद्यान्न सामग्रीे सहयोग गरेको छ । क्लबले चामल, दाल, तेल, आलु, प्याज, नुन, चाउचाउ, साबुन, टुथपेष्ट, सोयाबीन, आटा, मसाला गरी ६० हजार बराबरको सामग्री वितरण गरेको क्लबका वर्ष २०२१/२२ का अध्यक्ष राकेश गुरूङले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका को–चिफ एडभाइजर धर्मराज श्रेष्ठले बाल दिवसमा लायन्स होलिसिटी सिद्धार्थनगरले उत्कृष्ट कार्य गरेको बताए । कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका को–चिफ एडभाइजर ओम कुमार श्रेष्ठ, लायन्स क्लब अफ लुम्बिनी क्रियटिभ लेडीका अध्यक्ष मञ्जु शर्मा रेग्मी, जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२१ का अध्यक्ष गोपाल ज्ञवाली, लियो क्लब अफ होलिसिटी भैरहवाका अध्यक्ष आकाश पौडेल, सिद्धार्थ बाल गृहका सञ्चालक कृष्णमाया गुरुङ लगायतले बोलेका थिए । कार्यक्रम संयोजक विक्रम पन्थीको स्वागत तथा रवि थपलियाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij