२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

वार्षिक सार्वजनिक छलफल कार्यक्रम सम्पन्न

बुधवार , भाद्र ३०, २०७८

भैरहवा, ३० भदौ ।
मानव बेचविखन पीडित तथा प्रभावितहरुको सहयोगका लागि वार्षिक सार्वजनिक छलफल कार्यक्रम मंगलबार भैरहवामा सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिकाको आयोजना तथा माइती नेपालको सहयोग र सहकार्यमा भएको कार्यक्रममा सहभागिले आ-आफ्ना भनाइ, अनुभव र भोगाइ सुनाएका थिए ।

सहभागिले उठाएका विभिन्न किसिमका जिज्ञासाको माइती नेपाल भैरहवाका कार्यक्रम संयोजक माया क्षेत्रीले जवाफ दिएकी थिइन् । दुई चरणमा भएको कार्यक्रममा छलफल तथा सार्वजनिक परामर्श कार्यक्रमको सञ्चालन सञ्चारकर्मी शंकर पाण्डेले सञ्चालन गरेका थिए भने औपचारिक कार्यक्रमको सञ्चालन सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ अधिकृत तथा सामाजिक विकास शाखा प्रमुख यादव सापकोटाले सञ्चालन गरेका थिए ।
लैंगिक हिंसा, बाल विवाह, मानव बेचविखन तथा ओसारपसार नियन्त्रण र वैदेशिक रोजगारलाई सुरक्षित तथा मर्यादित बनाउन सबैले प्रयास गर्ने बताएका थिए । कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारीले नैतिकताको धरातल गुमेकाहरुले छिटो पैसा कमाउने नाममा मानव बेचविखनमा लागेको बताए । 

नगर उपप्रमुख उमा काफ्लेले चेतनाको कमी र बेरोजगारीका कारणले यस्ता बेचविखनमा लागेको पाइएको बताइन् । कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष थानेश्वर पौडेल, नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्साल, शेषनारायण भण्डारी, भिष्म पन्थी, गिता न्यौपाने, योगेन्द्र यादव, शकुन्तला हरिजन, विष्णु प्रसाद अर्याल, शिक्षा अर्याल लगायतले बोलेका थिए ।

वार्षिक समीक्षा बैठक

आर्थिक वर्ष २०७७–७८ को स्वास्थ्यका सुचकहरुको पालिकास्तरीय वार्षिक समिक्षा बैठक मंगलबार भैरहवामा सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीको अध्यक्षतामा भएको बैठकमा स्वास्थ्य शाखा प्रमुख पिताम्बर पाठक र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) का तथ्यांक अधिकृत शंकर जोशीले स्वास्थ्यका सुचकहरुको बारेमा प्रस्तुतीकरण गरेका थिए ।

बैठकमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी, वडा नम्बर ११ का वडाअध्यक्ष दिलिप यादव, पालिकाका शाखा प्रमुखहरु लगायतले बोलेका थिए । नर्सिगं अधिकृत गीता न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।