images
images

सोमवार, जेठ ७ गते २०८१

रोटरी सामुदायिक गाउँमा स्टेशनरी सामग्री वितरण

रोटरी सामुदायिक गाउँमा स्टेशनरी सामग्री वितरण

images
images
images
बुधवार, भाद्र ३० २०७८
बुधवार, भाद्र ३० २०७८
  • रोटरी सामुदायिक गाउँमा स्टेशनरी सामग्री वितरण

    भैरहवा, ३० भदौ । 
    राष्ट्रिय बाल दिवस–२०७८ को अवसर पारेर रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर, रोट्रयाक्ट क्लब अफ लुम्बिनी सिद्धार्थनगर र रोट्रयाक्ट क्लब अफ लुम्बिनी बुद्धले मंगलबार स्टेशनरी सामग्री वितरण गरेका छन् । तीनै क्लबले संयुक्त रुपमा मर्चवार क्षेत्रमा पर्ने रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ स्थित मञ्झरियाको रोटरी सामुदायिक गाउँ (आरसीसी)मा पुगेर स्टेशनरी सामग्री वितरण गरेका हुन् । 

    images
    images
    images

    रोटरी सामुदायिक गाउँका विद्यार्थीहरुलाई ४५ वटा स्कूल ब्याग किट वितरण गरिएको रोट्रयाक्ट क्लब अफ लुम्बिनी बुद्धका अध्यक्ष कपिल चापागांईले बताए । वितरण गरिएको सामग्रीमा प्रतिविद्यार्थी स्कूल ब्याग एक थान, सेनिटाइजर एकथान, कापी ६ थान, कटर, इरेजर, चाउचाउ, बिस्कुट, साबुन १/१ थान र मास्क ६ थान रहेको छ । 

    रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका उपाध्यक्ष ओम जैसीको अध्यक्षता तथा कार्यक्रम संयोजक जितेन्द्रनाथ शर्माको स्वागतमा सम्पन्न कार्यक्रमको रोटरी डिष्ट्रिक ३२९२ जोन २८ का एसिसटेन्ट गभर्नर देवी गुरुङले उद्घाटन गरेकी थिइन् । रोट्रयाक्ट क्लब अफ लुम्बिनी सिद्धार्थनगरका अध्यक्ष बिरु कुमार गुप्ताले रोटरी सामूदायिक गाउँ (आरसीसी) मा आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिने बताए ।

    241785929_1568633260148882_5993021914503491574_n.jpg241805437_1568633006815574_3912240230901816408_n.jpg

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij