२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

अबिरल वर्षाका कारण तिनाउ नदीको बाढीले घर बगायो

बिहिवार , आश्विन ८, २०७७

भैरहवा, ८ असोज । 
अबिरल वर्षाका कारण तिनाउ खोलाको किनारमा रहेका घरहरु बगाएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ रानीगञ्ज स्थित (मगरघाट)मा रहेका केही घरहरु बगाउनुको साथै घरहरु जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

बिहीबार बुटवल उपमहानगरपालिका–१७ स्थित प्रेम कुमारी खाम्चाको ४ कोठे ब्लक जडान भएको टिनले छाएको घर बगाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खड्क बहादुर खत्रीले बताए । खाम्चाको घर बगाएको र लत्ताकपडा र अन्य सामान तथा मानवीय क्षति नभएको खत्रीले जानकारी दिए । त्यस्तै सोही स्थान बस्ने सुन्दर गन्दर्भको शौचालय र बाथरुम समेत बगाएको उनले बताए । त्यसै गरी सोही स्थान बस्ने गणेश गैरे, तिलक गैरे र पुरुषोत्तम पुरीको घर जोखिम रहेकोले घरमा रहेका सामानहरु निकालिसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।