२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

असोजमा ‘बी’ लेभल भलिबल हुँदै

बिहिवार , भाद्र ३१, २०७८

बुटवल, ३१ भदौ ।
लाफा समूहले असोजको दोस्रो हप्तादेखि पुरुष भलिबल प्रतियोगिता गराउने भएको छ । खेलकुद क्षेत्रलाई व्यवस्थित गर्दै युवा खेलाडीलाई व्यवसायिक बनाउन उद्देश्यका साथ समूहको आयोजनामा असोज १५ देखि ३ दिने बी लेभल पुरुष भलिबल प्रतियोगिता २०७८ हुने भएको हो ।

पत्रकार सम्मेलन गरी आयोजक समूहका अध्यक्ष तारा रेश्मीमगरले दिपनगरस्थित शिवनगर सामुदायिक बनको खेलमैदानमा मैदान निर्माण, टिम दर्ता लगायतका तयारी सुरु भएको बताए । प्रतियोगितामा विभागीय र राष्ट्रिय प्रतियोगितामा सहभागि नभएका देशभरका विभिन्न जिल्लाका ३० वटा युवाहरुको टिमको सहभागिता रहने उनले बताए । प्रतियोगिताको उपाधि विजेताले नगद ४० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने उनले बताए । त्यसै गरी द्वितीय टिमले नगद २० हजार, तृतीय टिमले नगद १० हजार रुपैया तथा सान्त्वना टिमले नगद ५ हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने उनले बताए । समूहले सामाजिक उत्तरदायित्व अन्र्तगत एम्बुलेन्स खरिद, अनाथ÷ वृद्धाश्रमलाई सहयोग, नियमित रक्तदानका साथै ब्याडमिन्टन तथा भलिबल कभर्डहल निर्माण, प्रतियोगिताहरु आयोजना गर्दै आएको छ । 

प्रतियोगिता सञ्चालनमा ९ लाख १५ हजार खर्च हुने अनुमान खेल संयोजक केशव रानाले बताए । खेलप्रेमी र विभिन्न संघ–संस्थाहरुको सहयोगबाट प्रतियोगिता गर्न लागेको उनले बताए । लाफा समूहले सञ्चालन गरेको एकेडेमीमा हाल ४ दर्जन बढी उमेर समुहका खेलाडीहरु बिहानसांझ प्रशिक्षण लिदै आएको प्रशिक्षक विजय गुरुङले बताए । समूहका उपाध्यक्ष बबिन थापा, सचिव यसपाल चौतारेले प्रतियोगिता आयोजनाबाट यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत टेवा मिल्ने बताए ।