
बिहिवार , भाद्र ३१, २०७८
बुटवल, ३१ भदौ ।
लायन्स क्लब अफ सैनामैना मलमलाले खाद्यान्न सामग्री वितरण गरेको छ । सैनामैना नगरपालिकाभित्र रहेका अतिविपन्न, अशक्त तथा असहाय १० परिवारलाई विभिन्न खाद्यान सहयोग गरिएको क्लबका अध्यक्ष सरोज पन्थले जानकारी दिए ।
क्लबको चार्टर नाइटको अवसर पारेर प्रतिपरिवारलाई २० किलो चामल, २ किलो दाल, १ किलो नुन र २ किलो तेल वितरण गरिएको क्लवका सचिब लेखनाथ गैरेले बताए । क्लबका संस्थापक तथा विभिन्न सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा नगरका विभिन्न ठाउँमा पुगेर सक्दो सहयोग गर्न पाउँदा खुशी लागेको क्लबले जनाएको छ । यसअघि पनि विभिन्न अवसर पारेर क्लबले सामाजिक सेवाभावलाई ध्यानमा राख्दै फरकफरक प्रकृतिका कार्यक्रमहरु सम्पन गरेको छ । खाद्यान्न सहयोगपश्चात क्लबले चार्टर नाइट सेलिब्रेसन समेत गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij