२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

अवैध खसीबोका बरामद

बिहिवार , आश्विन ८, २०७७

  • 5.1K
    Shares
  • 5.1K
    Shares
  • भैरहवा, ८ असोज ।
    भारतबाट नेपालतर्फ भन्सार छलेर चोरी पैठारी गरी ओसारपोसार गर्दैगर्दा प्रहरीले खसीबोका बरामद गरेको छ ।

    बिहीबार बिहान ११ बजे रुपन्देहीको मायादेवी गाउँपालिका–५ बाट ९० हजार मूल्य बराबरको ९ वटा खसीबोका नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खड्क बहादुर खत्रीले बताए ।