images
images

आइतवार, जेठ ६ गते २०८१

अतिविपन्न परिवारलाई लायन्स भैरहवा गौतमबुद्धद्वारा खाद्यान्न हस्तान्तरण

अतिविपन्न परिवारलाई लायन्स भैरहवा गौतमबुद्धद्वारा खाद्यान्न हस्तान्तरण

images
images
images
सोमवार, आश्विन ४ २०७८
सोमवार, आश्विन ४ २०७८
  • अतिविपन्न परिवारलाई लायन्स भैरहवा गौतमबुद्धद्वारा खाद्यान्न हस्तान्तरण

    भैरहवा, ४ असोज ।
    लायन्स क्लब अफ भैरहवा गौतमबुद्धले अतिविपन्न परिवारलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । क्लबले संविधान दिवसको अवसर पारेर खाद्यान्न हस्तान्तरण गरेको संस्थापक अध्यक्ष पिन्टु बनियाले बताए । क्लबले सिद्धार्थनगर–८ निवासी ८८ वर्षिय नन्दलाल बढईलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो । नन्दलाल ढाड दुख्ने र उनको श्रीमती मोती नशाको रोगबाट ग्रसित छन् । 

    images
    images
    images

    ४ वर्ष अघि मोतीले नशासम्बनिध समस्या भएपछि नन्दलालले भैरहवास्थित मेडिकल कलेजसहित काठमाडौंका विभिन्न अस्पताल लगे । मोती झन् शिथिल भई अहिले हल न चलको स्थितिमा पुगेको उनले बताए । उनी अहिले न बोल्न सक्छिन्, न बस्न । न त उनका हातखुट्टा चल्छन् । अचेत अवस्थामा मुडाझैं पल्टिरहने श्रीमतीको स्याहारमा आफूले जीवन बिताउनुपरेको नन्दलालको भनाइ छ । 

    बढई दम्पत्तीको अवस्थाबारे जानकारी पाएपछि केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले खाद्यान्न सामग्री प्रदान गरिएको कार्यक्रम संयोजक प्रविन शर्माले बताए ।

    खाद्यान्न सामग्री हस्तान्तरण कार्यक्रममा लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धका संस्थापक सचिव रविकान्त उपाध्याय, सह–सचिव राजन शुक्ला, लायन्स भैरहवा गौतमबुद्धका संस्थापक सचिव दुर्गा प्रसाद कान्दु, समाजसेवी कमलेश उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij