२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

पहिरोले पुरिएर संगै सुतेका परियारका तीन छोरीको मृत्यु

बुधवार , आश्विन ६, २०७८

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • बुटवल। अबिरल बर्षाको कारण पहिरोले घर पुर्दा गुल्मीमा एकै परिवारका तीन जनाको मृत्यु  भएको छ। जिल्लाको रेसुङगा नगरपालिका ८ थुम्का लाईन तम्घास (भगवती मन्दिरदेखी खानीगाउँ जाने बाटो) बस्ने तिलक परियारका एकै कोठामा सुतेका तीन छोरीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

    संगै कोठामा सुतिरहेकी एउटी छोरीलाइ उद्दार गरि बचाइएपनि अन्य तीन जनालाइ बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक पुरुसोत्तम पाण्डेले जानकारी दिए। मृत्यु हुनेहरुमा २१ वर्षिया भावना परियार, १४ वर्षिया गंगा परियार र  ​जमुना परियार रहेका छन। उद्दार गरिएकी छोरीको स्वास्थ अवस्था सामान्य भइसकेको प्रहरीले जनाएको छ । 

    घर माथीबाट ढुङ्गा माटो सहितको पहिरो आई  पक्की घरको कोठामा सुतिरहेका परियारका छोरिहरु पुरिएका हुन।स्थानिय,नेपाली सेना र नेपाल प्रहरी ससस्त्रको संयुक्त सहयोगमा ३ जनाकै शवलाइ जिल्ला अस्पताल तम्घास गुल्मी पठाईएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकोछ ।