
शुक्रवार , आश्विन ९, २०७७
अर्घाखाँची, ९ असोज ।
अर्घाखाँचीमा केही दिनदेखि परेको अविरल वर्षाका कारण १७ घर गोठ जमिन भासिएर पहिरो जादाँ पुरिएका छन् । जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १२ को कोठियामैदानको टोलमा माथिबाट खसेको पहिरोसहित जमिन भासिदै जादाँ १७ घर गोठ भासिए पुरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी रामनारायण गुप्ताले जानकारी दिए ।
मानिस भागेर बाँच्न सफल भएकाले अहिले सम्म मानवीय क्षति नभएको सुचना अधिकारी गुप्ताले बताए । उनका अनुसार पशु चौपाय गोठमै अलपत्र पुरिएका छन । नगद, जिन्सी, अन्नपात जमिन भासिंदा पुरिएका छन । जमिन भने भासिन नरोकिएको ईलाका प्रहरी कार्यालय ठाडाले जानकारी दिएको छ । अझै केही घर जोखिममा रहेको पनि बताइएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij