२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

भिषण वर्षाले रुपन्देहीको विभिन्न ठाउँमा क्षति

शनिवार , आश्विन १०, २०७७

भैरहवा, १० असोज ।
शुक्रबार राति परेको भीषण वर्षापछि आएको बाढीले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका चार घर बगाएको छ । वर्षासँगै दानव नदीमा आएको बाढीले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १२ बस्ने उदयराज मिश्रको एकतले टिनले छाएको घर, सोही ठाउँका झब्बर यादवको खरले छाएको घर, लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर २ सानो अर्दौला बस्ने रामवृक्ष यादवको खरले छाएको घर र सोही ठाउँका सुवास यादवको घर बगाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

त्यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १३ बडउलियास्थित बलिराम हरिजनको एकतले कच्ची घर भत्किन जाँदा उनकी श्रीमती कुसुम हरिजन घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खड्क बहादुर खत्रीले बताए । घाइते हरिजनलाई उपचारका लागि भारततर्फ लगिएको छ । प्रहरीले शनिबार बिहानै उक्त स्थानमा गई उद्दार गरेको थियो । 

त्यस्तै वर्षाका कारण रुपन्देहीको मर्चवारी गाउँपालिका–७ मन्झरिया बस्ने धरमेन्द्र चमारको टिनले छाएको घरमा पनि क्षति पुगेको छ । त्यस्तै सोही ठाउँका असरुल्ला फकिर, सभान नाउ, सुलेमान नाउ, अवदलि नाउ, निवास नाउ, अवले रहमद, युनेस फकिरलगायतका १६ घरमा क्षति पु¥याएको छ ।

त्यसै गरी सम्मरीमाई गाउँपालिका–५ मा पर्वावती मल्लाहको टिन र फलामको डण्डीले बनाएको घरको दक्षिणतर्फ राखिएको इटा भत्किंदा पाँचजना घाइते भएका छन् भने दुईलाख भन्दा बढी क्षति भएको प्रहरीले जनाएको छ ।