
शनिवार , आश्विन १०, २०७७
भैरहवा, १० असोज ।
लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले आफ्नो प्रथम स्थापना दिवसको अवसरमा बालबालिकालाई खाद्यान्न सामाग्री प्रदान गरेको छ ।
क्लबले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवास्थित नेपाल अभिनास अनाथ आश्रममा रहेका बालबालिकाहरुको लागि खाद्यान्न सामाग्री तथा ग्यास सिलिण्डर उपलब्ध गराएको क्लबका संस्थापक अध्यक्ष तथा लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपाल एरिया–४ का कोषाध्यक्ष एमजेएफ गौतम कुमार गुप्ताले बताए ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालका स्ट्रेटेजिक चिफ पीएमजेएफ नवराज न्यौपानेले स्थापनाको छोटो अवधिमै लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले उदाहरणीय कार्य गरेको बताए ।
क्लबका प्रथम उपाध्यक्ष दिनेश गुप्ताको अध्यक्षता तथा सह–सचिव सुमेर विक्रम खांणको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
सो अवसरमा बालबालिकालाई खाना खुवाउनुकै साथ प्रमुख अतिथि न्यौपानेद्वारा आश्रमलाई ५ हजार १ सय रुपैयाँ प्रदान गरिएको क्लबका द्वितीय उपाध्यक्ष गौतम गुप्ताले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij