२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

बुटवल तिनाउ नदिमा अज्ञात शव फेला

शुक्रवार , आश्विन ८, २०७८

  • 5.1K
    Shares
  • 5.1K
    Shares
  •  बुटवल। रुपन्देही बुटवल देविनगर स्थित तिनाउ नदीमा एक अज्ञात शव फेला परेको छ।

    अर्धनग्न अवस्थामा पुरुषको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। नदीमा बगेर आयो जस्तो देखिने शबलाइ हेर्न स्थानीयको भिड लागेको छ।

    इलाका प्रहरी कार्यालय बुटवल डिएसपी मदन कुँवरले शव फेला पारेको भन्ने सूचनाको आधारमा प्रहरी घटनास्थलमा पुग्दै गरेको जानकारी दिए। शवको पहिचान र घटनाको विषयमा अनुसन्धान गरिने उनले जानकारी दिए।