
शुक्रवार , आश्विन ८, २०७८
भैरहवा, ८ असोज ।
जेसीआई सिद्धार्थ लेडी, नेपालले सप्ताहव्यापी कार्यक्रम गरी जेसीज सप्ताह २०२१ मनाउन लागेको छ । भैरहवामा शुक्रबार पत्रकार सम्मेलन गरी संस्थाले जेसीज सप्ताहबारे जानकारी गराएको हो । जेसीआई सिद्धार्थ, नेपालसंग संयुक्त रुपमा मनाउदै आएको जेसीज सप्ताह कोभिड–का कारण विगत २ वर्ष रोकिए पनि यस वर्ष रजत जयन्तीको अवसरमा एकल रुपमा आइतबारदेखि मनाउन लागेको छ ।
आइतबारदेखि सुरु हुने सप्ताहमा शिक्षा, स्वास्थ्य, खेलकुद, सीपमूलक कार्यक्रम तथा नेतृत्व विकास लगायतका कार्यक्रम सप्ताहव्यापी रूपमा गरी सप्ताह मनाइने जेसीआई सिद्धार्थ लेडी, नेपालकी अध्यक्ष रिमा न्यौपानेले जानकारी दिइन ।
सन् १९७५ सालमा स्थापित संस्थाले सप्ताहलाई निरन्तरता दिदै आएको छ । महिलासँग सम्बन्धित कार्यक्रम गरेर यस वर्ष पहिलोपटक एकल रुपमा मनाउन लागिएको अध्यक्ष न्यौपानेले बताइन ।
वैदेशिक रोजगारको सम्भावना र चुनौतीहरु, पाठेघर तथा मधुमेह परीक्षण, चुरापोते हस्तकला सीपमुलक तालिम, अनलाइन कक्षाका चुनौती र व्यवस्थापन विषयक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, महिला व्याडमिन्टन प्रतियोगिता, संसदीय बैठक प्रणाली तालिम र सातौ दिन शुभकामना समापन एवं पुरस्कार वितरण कार्यक्रम हुने जेसीज सप्ताहक निर्देशक ललिता बछार चौधरीले बताइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij