
शनिवार , आश्विन ९, २०७८
भैरहवा, ९ असोज ।
लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धको दोस्रो बैठक शुक्रबार भैरहवामा सम्पन्न भएको छ । क्लबका वर्ष २०२१÷२२ का अध्यक्ष दिनेश गुप्ताको अध्यक्षतामा बसेको बैठकले २५ सेप्टेम्बरमा स्थापना दिवस मनाउने निर्णय गरेको छ । जसअनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ स्थित कोटिहवामा रहेको नेपाल अविनाश अनाथ आश्रमका बालबालिकाहरुलाई खाना खुवाउनुका साथै बालबालिकालाई दशैंको लागि आवश्यक पर्ने सामग्री पनि उपलब्ध गराउने निर्णय गरेको छ । कार्यक्रम सम्पन्न गर्नका लागि सदस्य अनिल कुमार गुप्तालाई बैठकले संयोजक तोकेको छ ।
बैठकमा क्लबका संस्थापक अध्यक्ष गौतम कुमार गुप्ता, प्रथम उपाध्यक्ष गौतम गुप्ता, सुरज भट्टराई लगायतले बोलेका थिए । क्लबका सचिव सुमेर विक्रम खांणको सञ्चालनमा बैठक सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij